Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरे पत्रकारहरुमा चुनावी रस्साकस्सी

FNJ-1488086557.jpg

१५ फागुन, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको अधिवेशन नजिकिंदै गर्दा पत्रकारहरुमा चुनावी रस्साकस्सी शुरु भएको छ । फागुन १७ गते हुने अधिवेशनबाट नेतृत्व लिनका लागि पत्रकारका पेशागत संगठनले आफ्नो तयारीलाई तिब्रता दिएका छन् । 
महासंघको नयाँ नेतृत्वका लागि प्रेस युनियनले अहिलेसम्म आफ्नो उम्मेदवारी सार्वजनिक गरेको छैन । शनिबार दिनभर चलेको छलफलबाट युनियनले महासंघमा पठाउने आप्mनो उम्मेदवार तयार गरिसकेपनि सार्वजनिक भने गरेको छैन । युनियनले यसअघि सविन न्यौपानेलाई अध्यक्षको उम्मेदवारको रुपमा घोषणा गरेपनि निर्वाचन कार्यविधि परिवर्तन भएपछि पुनः छलफल गरी नेतृत्वबारे आन्तरिक ढंगबाट मात्रै तयारी गरेको जनाईएको छ ।
प्रेस चौतारीले अध्यक्षको उम्मदवारको रुपमा पत्रकार हरि हुमागाईलाई प्रस्तुत गरेको छ । हुमागाई आफ्नो पक्षमा माहोल बनाउने दौडमा जुटेका छन् । इमान्दार पत्रकारको छवि बनाएका हुमागाई जिल्लामा परिचित व्यक्तित्व हुन् । 
प्रेस सेन्टरले आफ्नो अध्यक्षको उम्मेदवारको रुपमा नानीमैया विष्टलाई प्रस्तुत गरेको छ । उनी पनि आफ्नो पक्षमा मतदाताहरुलाई समेट्न लागि परेकी छिन् । दशकदेखि पत्रकारितामा सक्रिय विष्ट पनि पत्रकारमात्र इमान्दार व्यक्तित्वको रुपमा परिचित छिन् । वर्तमान उपाध्यक्ष गिरिजा अधिकारीले पनि आफुलाई अध्यक्षको आकांक्षीको रुपमा प्रस्तुत गरेका छन् । उनी कुन संगठनको सहयोगमा उम्मेदवारी दिने हुन् वा स्वतन्त्र ढंगबाट आउने हुन् त्यो खुल्न सकेको छैन । एनपिआई टपर उनको आकांक्षालाई पत्रकारहरुले स्वभाविक मानेका छन् ।
नेतृत्व लिन गठबन्धनको प्रयास
पत्रकाहरुको साझा एवं अभिभावक संस्था नेपाल पत्रकार महासंघको नेतृत्व आफुले लिन सबै पेशागत संगठनहरु लागि परेका छन् । प्रेस युनियन, चौतारी र केन्द्र अहिले घनिभुत रुपमा छलफलमा छन् । एक्लै चुनावमा जाने भन्दा पनि दुई संगठन मिलेर जानेतर्फ सबै अग्रसर देखिन्छन् । तर सबै आफ्नो नेतृत्वमा सहमति जुटाउने प्रयास गरिरहदा आइतबार दिउसोसम्म पनि सहमति जुट्न सकेको छैन । 
मंगलबार मतदान प्रक्रियामा जाने भएकाले अहिलेसम्म कुनै संगठनबीच गठबन्धन नहुँदा मतदाताहरु समेत उम्मेदवारको बारेमा अनविज्ञ छन् । तीन प्रमुख संगठनसहित प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संगठन, मिडिया सोसाईटी जस्ता संगठनहरु पनि आप्mनो प्रतिनिधित्व महासंघमा गराउन लविङ गरिरहेका छन् । 
महासंघको अधिवेशनले कार्यसमिति, प्रदेश पार्षद र केन्द्रीय पार्षद चयन गर्नेछ । महासंघमा यसपाली १ सय १९ मतदाता रहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार