२९ पुस, तेहरान (विविसी) । इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन् । इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।
इरानी सेनाले गत बुधबार युक्रेनको यात्रुवहाक विमान्र खसालेपछि १ सय ७६ जना यात्रुको मृत्यु भएको थियो। दुर्घटनामा मारिएकाको सम्झनामा राजधानी तेहरानमा आयोजित जागरण अभियानमा सहभागी भएलगत्तै बेलायती राजदूत मकेयरलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको समाचार नागरिकमा छ । मृतकको सम्झनामा आयोजित कार्यक्रम प्रदर्शनमा रुपान्तरण हुन लागेलगत्तै राजदूत मकेयरले सो कार्यक्रम छोडे पनि उनलाई पक्राउ गरिएको थियो । कपाल काट्न एउटा सैलुनमा रोकिँदा उनी पक्राउ परेका थिए। इरानी सुरक्षाकर्मीले भने बेलायती राजदूतले प्रदर्शन आयोजनाका लागि सहयोग गरेको आरोप लगाएका छन् । एउटा ट्विट गर्दै राजदूत मकेयरले प्रदर्शनमा सहभागी भएको भन्ने आरोप अस्वीकार गरेका छन् भने बेलायती विदेशमन्त्री डोमिनिक राबले राजदूत मकेयर पक्राउको निन्दा गरेका छन्।
‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो,’ विदेशमन्त्री डोमिनिक राबले जारी गरेको एउटा विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ । उता, इरानले बेलायती राजदूत मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिएर छोडिएको पुष्टि गरेको छ । तस्निम समाचारसंस्थाले बेलायती राजदूतलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेपछि इरानको एतिमाद पत्रिकाले राजदूत मकेयरको एउटा तस्बिर ट्विटरमा पोस्ट गरेको थियो ।
युक्रेनी यात्रुवहाक विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसाले पनि सुरुमा हैन भनेर ढाँटेको भन्दै आफ्ना अधिकारी ‘झुटा’ भएको आरोप लगाउँदै इरानको राजधानी तेहरानमा सरकारविरोधी प्रदर्शन भएको छ। सुरुमा युक्रेनी विमानलाई खसालेको भन्ने आरोप सिधैं अस्वीकार गरेको इरानले शनिबारमात्रै ‘मानवीय त्रुटिका कारण’ विमानमाथि क्षेप्यास्त्र प्रहार भएको भन्दै माफीसमेत मागेको थियो । चालक दलका सदस्यसहित १ सय ७६ जना यात्रुको ज्यान जाने गरी क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान ‘भूलवश’ खसालेको दाबी इरानी पक्षको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















