माघ १६ गतेलाई शहिद दिवस भनियो । माघ १० गतेदेखि १६ गतेसम्म नै शहिद सप्ताह मनाउने भनियो । कतै औपचारिकता पनि पूरा गरियो । पछिल्लो अवस्थामा शहिद ओझेलमा परेको अनुभूति सर्वत्र गरिएको छ । राष्ट्रका उच्च पदस्थ व्यक्तित्वलाई शहिदको स्मरण गर्ने फुर्सद देखिएन । शहिद कसलाई भन्ने विषय केहि चर्चामा आएकै हो । विभिन्न कारणले मृत्यु भएकालाई शहिद घोषणा गर भन्दैमा ल हुन्छ भन्नु वास्तविक शहिदको अपमान हो । शहिदको परिभाषा स्पष्ट छ । बुझन कठिन छैन् । ती व्यक्ति जसले व्यक्तिगत स्वार्थलाई रत्ति पनि पर्वाह गरेनन् । सधै यो देशको, यो भूमिको स्वतन्त्रता, स्वाभिमान र जनताको नागरिक अधिकारको लागि लडे ,संघर्ष गरे जुन सामन्त, दलाल, नोकरशाही, पुजीवादी, निरड्ढकुश शासकलाई पचेन र आफ्ना दास चाटकार मार्फत ती राष्ट्र र जनताका पक्षघर सिपाहीलाई दबाउने, जेलहाल्ने र मार्ने हत्या गर्ने काम भयो । आफुलाई सदा शक्तिशाली सतीसालसरह उभ्याएर कुनै लोभ लालचमा नफसी मृत्यु बरण गर्ने महान व्यक्तिहरु नै शहिद हुन । उनीहरुको मृत्यु सगरमाथा भन्दापनि गह्रुगो छ । तिनै सपुतको बलिदानले आजको अवस्थामा हामी उभिएका छौं । आफु उभिएको धरातल बिर्सेर जो कोहीलाई पनि शहिदको पदवी भिराउने वा शहिदसग राष्ट्रलाई लज्जित गराउने काम कदापी राम्रो होईन ।
नेपालमा राणाकालका निरंकुशता र जहानिया शासनको अन्त्यका लागि जीवन अर्पण गर्ने गंगालाल, दशरथचन्द्र, शुक्रराज, र धर्मभक्त शहिदको पदवीबाट सम्मान गर्न योग्य व्यक्तित्व बने, जो सदा सर्बदा अमर छन् । उही राणाकालमा पनि जीवनदान पाएका तर राष्ट्रबाट निष्काशित, अपहेलित र जेलमा राखिएकाहरुको सूची पनि लामै छ । नेपाललाई वैदेशिक हस्तक्षेप र विस्तारबाट जोगाउन जीवन बलिदान गर्नेहरु भिमसेन थापा, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुबर आदि व्यक्तित्व राणाकाल भन्दा अघि नै शहिदको सूचीमा दर्जा भए । लखन थापा जसलाई पहिलो शहिद समेत भनिन्छ । अलिक अगाडी तर राणा कालकै अन्ततिर वि.सं. १९९८ मा जल समाधिबाट प्राण उत्सर्ग गर्ने योगमाया सहितका ६७ महिलाहरु पनि कुरीति, कुसंस्कारको अन्त्य गरी रामराज्य नेपालको सपना देख्नेहरुलाई शहिद भन्नै पर्छ । त्यस्तै राणा पश्चातको नेपालमा अनगिन्ती व्यक्तिहरुले देश र जनताको लागि संघर्ष गर्दा गर्दै मैदानमै प्राणको आहुती दिए ती सबै शहिद बने । पञ्चायती कालखण्डमा प्रजातन्त्रको लागि लड्ने विद्यार्थीवर्ग, कम्युनिष्ट वा काग्रेस भनिएका धेरै नेता तथा कार्यकर्ताले ज्यान गुमाउन प¥यौं जसले शहिदको सूची लामो बनायो । पञ्चायतको अन्त्य पश्चात पनि सयौं बलिदान भए । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापित गर्न भएका युद्ध, आन्दोलन, सडक संघर्ष जसलाई इतिहासले कदापी भुल्न सक्दैन । यी सबै देशभक्तिसग जोडिएका आफ्नो मातृभूमिको विकास रक्षार्थसग गाँसिएका आन्दोलन थिए । उक्त आन्दोलनमा नेपालका पहाडबाट होस वा मधेसबाट कुनै पनि कुनाबाट आफ्नो भूमिको लागि तमाम कुसंस्कारको अन्त्यको लागि समग्रमा राष्ट्रमा विद्यमान सबै खाले भ्रष्टाचारका बिरुद्धमा उम्लिएको रगत थियो त्यो ।
आज नेपाल गणतान्त्रिक देश भएको छ । संघीय शासन व्यवस्थामा बदलिएको छ । सात प्रदेशमा प्रादेशिक सरकार स्थापना भएको छन । ७५३ वटा स्थानीय तह स्वयंमा अधिकार सम्पन्न बनेका छन् । जनताको मतले राष्ट्रपति र प्रधामन्त्री चुनिएका छन । यो अवस्थालाई अत्यन्त महत्वपूर्ण र गम्भिर विश्लेषण गरी आत्मसात गर्नुपर्छ । राष्ट्रिय भावना, राष्ट्रप्रेम तथा राष्ट्रिय एकता अखण्डता जस्ता विषयलाई स्पष्ट बनाउनु पर्छ । प्रत्येक जिम्मेवार अंग र व्यक्तित्वले शहिदको स्मरण गर्ने पर्छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म शहिद को हो ? किन शहिद भए ? हामीले शहिदको भावना किन सम्मान गर्ने, अनुसरण गर्ने ? यस्ता विषय पाठ्यक्रम पाठ्यसामग्रीमा राख्नुपर्छ । मात्र औपचारिकता पूरा गर्न एक दुईको जीवनी प्रकाशन गरेर मात्र हैन । शहिदको मर्म, मूल्य, मान्यता, विचार तथा व्यवहारलाई कुनै पनि बेला स्मरणमा प्रत्येक नागरिकले राख्नै पर्ने अवस्था हुनु जरुरी छ ।
शहिदको प्रसंग र सन्दर्भले नागरिकलाई राष्ट्रझक्त र राष्ट्रप्रेमी बनाउन मद्दत गर्छ । प्रत्येक नागरिक राष्ट्रवादी हुनै पर्छ । आफ्नो भूमिलाई माया गर्न नसक्ने रुपका मात्र मान्छेबाट देशको सपना पूरा हुदैन । यहाँको माटो शहिदका रगतले सिचित भएको छु भन्ने मर्म हरेकले बुझनुपर्छ ।विद्यार्थी, शिक्षक, कर्मचारी, राजनितिकर्मी मात्र हैन यो सबैको विषय हो । जहा देशको माया गर्ने व्यक्ति हुनछन तिनले आफ्नो कर्तव्य कहिल्यै भुल्दैनन् । जसले राष्ट्रको भलो चाहान्छन उ सधै मर्यादित हुन्छ । शहिदका सपना त्यहि विकासमा जोडिएका छन् । शहिदका भावना र विचार नै मातृभूमिको प्रगतिसग लक्षित छन् । नागरिक अधिकारसगै नागरिक कर्तव्य पनि गासिएको छ । शहिद दिवस मनाईरहदा राष्ट्रिय भावनाको विकास विस्तारसगै शहिदप्रतिको सम्मान र स्मरण एकदिन एकसाता हैन वर्षै भरी प्रत्येकदिन हुनु जरुरी छ । सदाचारको भावनाले भ्रष्टाचार ध्वंस गर्ने हो । भ्रष्टाचारको अन्त्य बिन्दुबाट समृद्ध राष्ट्र प्रारम्भ हुन्छ । यसको लागि शहिदको मार्गदर्शन अहिले पनि सान्दभिक छ ा राष्टलुटाहाबाट शहिदको सम्मान कदापी हुदैन । शहिदको मार्गदर्शन अवलम्बन गर्नु भनेको सहज र ठट्टा पनि हैन । क्षणिक भाववेशमा आएका कुरा पनि हुन सक्दैनन् । शहिद सप्ताहलाई राष्ट्रिय भावना उजागरको रुपमा व्यापक गरिनु पर्छ । प्रत्येक शिक्षण संस्था सरकारी एवम् गैरसरकारी कार्यालय, स्थानीय कार्यालय सबै ठाउमा शहिद दिवसको सार्थकता बारे व्यापक चर्चा र बहस हुनुपर्छ । शहिदलाई राष्ट्रप्रेमी व्यक्ति भनेर चिनाउनु पर्छ ।
हामीले पनि राष्ट्रलाई माया गर्न सबैखाले भ्रष्ष्टाचारको अन्त्य गरेर तमाम विकृति र विसंगतीको अन्त्य गर्नुपर्छ । व्यापक परिश्रम गर्ने अध्ययन विश्लेषण गर्ने, सीप आर्जन गरी आफुलाई राष्ट्र विकासमा समाहित गर्नुपर्छ । यो आजको आवश्यकता हो । शहिदलाई किताबको एक पेजमा हैन् मष्तिस्कमा राख्नुपर्छ । शहिदलाई मुर्तिमा एकथान माला हैन, उनका विचार र भावनालाई आफ्नो जीवन दर्शनमा जोडनुपर्छ । शहिदप्रतिको दुईशब्द हार्दिक श्रद्धाञ्जलीमा सिमित नबनी शहिदका व्यवहार हाम्रा व्यवहारसग मेल खानुपर्छ अर्थात सदाचारको अनुसरण र भ्रष्टाचार निषेध अभियानलाई योसग जोड्न सकिन्छ । रहरले जीवनको बलिदानी पक्कै भएको हैन । म शहिद बन्न चाहान्छु ल यहा गोली हान वा काट भनेर कसैले भन्दैन । शहादत परिवेशको उपज हो । शासकको नीच र कायरतापूर्ण चरित्र हो । दुनियामा धेरै जनाले राष्ट्रको लागि जीवनको बलिदान दिएका छन् ।
हाम्रो अभिप्राय शहिदको संख्या बढाउने हैन तर शहिदको विचार र भावना फलाउने चाही पक्कै हो । अब कसैले शहिद बन्न नपरोस हाम्रो धारणा हो । सगै आम नागरिकमा शहिदका मर्मस्पर्सी पीडाहरुको अनुभूत र प्रवाह हुनैपर्छ । शहिदलाई हेर्ने बुझने स्पष्ट दृष्टिकोणको व्याख्या राज्यले गनुपर्छ । अलमल र हतारमा हैन । हामी शहिदको अवमूल्यन कदापी चाहदैनौं । शहिदप्रति अपव्याख्या गर्ने छुट कसैलाई छैन । शहिद दिवसको सार्थकता यसैमा छ । शहिद सप्ताहको सफलता नै त्यहा छ जहा शहिदहरु मर्यादित बनेका छन् । सगै शहिद परिवारको स्मरण, उनीहरुको अवस्था र राज्यको अभिभारा अर्को छोड्न नसकिने विषय हो । शहिदका परिवार को कहा कसरी बाचेका छन् । यो सातामा राज्यले तिनको सम्पर्क खोजी र सम्मान गर्न सकेको भए थप सकारात्मक बन्न सक्थ्यो ।
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...
३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...
३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...
३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...
३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...
३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...
३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन...
३ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । बैठकमा सार्वजनिक...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२९ बैशाख, हेटौंडा । हेटौँडा अस्पतालको स्वामित्व मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न...