२९ फागुन, काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टी त्यागको घोषणा गरेका छन् ।
लोहनीले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्याग गरेको जनाएका छन् । अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको, पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको, राजदूतलगायतका राजनीतिक नियुक्ति सिफारिसमा सल्लाह नगरेको, पार्टी सानो समूहको स्वार्थ पूर्तिको माध्यम बनेको लगायतका अारोप लोहनीको छ ।
यस्तो छ लोहनीको पत्र
श्री अध्यक्षज्यू
रा.प्र.पा.
कठमाडौ नेपाल
१) म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईलाइ जानकारी गराउदछु ।
२) मैले २५ बर्ष देखि काम गरेको पार्टी छाड्न पर्दा मलाई दु:ख लागेको छ । २०४७ सालमा अन्य दलहरुबाट विभिन्न भौतिक र सांघातिक आक्रमण समेत सहेर यो पार्टीको स्थापनामा सहभागि भएको हुँ । त्यस्तै यो पार्टीका थुप्रै दस्तावेजहरु विगतका वर्षहरुमा मैले तयार गरेको हो । हालै मात्र पनि पार्टि एकता अधिवेशनमा पेश भएको एक महत्वपूर्ण कार्यपत्र मैले आफै तयार गरेको हु । तर पार्टी भित्र एकता महाधिवेशन पश्चात पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनको क्रममा भएका समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजारमात्र बनाउने प्रबृति हावि भएको छ । यस्ता हरकत स्वीकार गरेर पाटी भित्र रहन नसक्ने मैले महसुस गरेको छु ।
३) एकता महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनु पर्ने र सो समितिमा सल्लाह र समझदारी गर्नु अनिवार्य थियो । साथै एकता माहाधिवेशन अगाडि निर्देशन समितिको गठन नयाँ केन्द्रिय समितिको पहिलो वैठकमै हुने समझदारी भएको हो । तर निर्देशन समितिको गठन गरिएन र पदाधिकारीको चयन लगायत मन्त्रीमण्डलमा जाने औचित्य बारे पनि कुनै छलफल गरिएन । यथार्थमा विधानको यो प्रावधानलाई जानी–जानि उपेक्षा गरियो । पार्टीलाई एकजना व्यक्तिको वा एउटा सानो झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रुपमा मात्र प्रयोग गर्न खोजेको स्पष्ट छ । यस्तो विधान विपरितका अधिनायकबादी क्रियाकलापहरु संग मेरो पूर्ण असहमति छ ।
४) पार्टीको एकीकरण अगाडि नयाँ पार्टीको झण्डा रा.प्र.पा .(नेपाल) को हुनेछ र चुनाव चिन्ह ‘हलो’ हुने समझदारी भएको हो । यो प्रतिवद्धतालाई पनि ठाडै लत्याइएको छ ।
५) पार्टीले प्रचण्ड सरकारले पेश गरेको संविधान संसोधन विधेयकमा भारि असन्तोष व्यक्त गर्दै आएको हो र आवश्यक परे सरकारबाट वाहिरिने स्पष्ट गरेको थियो । रा.प्र.पा.का मान्त्रीहरुले समेत यही दृष्टिकोण जनता समक्ष पेश गरेका हुन् । अचानक यी सवै बुदाहरुमा पार्टी भित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो । यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेसको समस्यालाई आफू पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेका छन् ।
६) हाम्रो देशको इतिहासमा नेपालको राष्ट्रियताको जगेर्ना गर्न, देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेसिहरुको ठूलो वलिदान र योगदान छ । तर मधेसि दलहरुले आफ्नो मागको संन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ ।
७) आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सिमानामा समेत नेपाली मारिएका छन् । यसबारे केन्द्रिय समिति तुरुन्त बोलाई पार्टिमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुन अवसरवादी चरित्र हो । देशमा संकट देखे पछि त्यस्लाई सत्तामा हालिमुहाली गर्ने मौकाको रुपमा प्रयोग गर्न उधृत सस्कार र प्रवृति प्रति मेरो गम्भीर असहमति रहेको छ ।
८) एकता अधिवेशन पछिको थोरै समयमा पनि देशमा महत्वपूर्ण मुद्दाहरु देखिएका छन् । एन्सेृल कम्पनिको कारोबारसंग गासिएको ३५ अरब राजस्व उठेका छैन । आज तामाकोसिको विद्युत सालाखाला एक मेगावाटको लागि रु १६ करोड पर्छ । यसको अर्थ नेपालमा ३५ अरबले दुइ सय मेगावाटको विद्युत उत्पादन हुन्छ र प्रचण्ड सरकार यो गुमाउन तयार देखिन्छ । यसबारे हालै क्याविनेटमा अर्थमन्त्रीको मौखिक प्रस्ताव बारे हाम्रो पार्टीको भनाइ के रह्यो रु हामीलाई थाहा छैन । के हामी यो नाङ्गो भ्रष्टाचारको समर्थन गर्न सत्तामा जान खोजेको हो रु कर अधिकृतस्तरले गर्ने निर्णय मन्त्री परिषदबाट संसारमा कहि नभएको मौखिक प्रस्ताव लगेर अख्तीयारबाट बच्ने कामलाई समर्थन गर्न के हाम्रो पार्टी सरकारमा गएको हो ? हाम्रो पार्टीका मन्त्रीहरु यसबारे मौन छन् भने पार्टी भित्र यसबारे कुनै छलफल छैन । तर हालको नेतृत्व सत्तामा नया पद पाउने वित्तीकै हामफाल्न तयार भयो । जुन कारण र नियतले माओवादीका अर्थमन्त्रीले संसदीय समितिको निर्देशन समेत नमानेर मौखिक ठाडो प्रस्ताव ल्याए त्यसमा हामी किन मतियार हुने र सत्तामा हामफाल्नेहरुको नियत के हो ? यस्ता प्रश्नलाई उपेक्षा गरेर सत्ता नै सवै थोक हो भन्ने मान्यतासंग मेरो सहमति छैन ।
९) राजदूत नियुक्तिबारे पनि नेतृत्वको कार्यशैली निरासाजनक छ । परराष्ट्र मन्त्रालयलाई समेत थाहा नभइ हाम्रो सहभागिता रहेको प्रचण्ड सरकारले राजदूत घोषणा गर्यो । भ्रष्टाचारको आरोप लागेकोलाई फेरी फिर्ता लियो र त्यस पछि पनि परिवर्तन गर्यो । हाम्रो पार्टी सत्तामा छ तर किन मौन भएर बस्छ रु के यो अराजकता र अनियमिततालाई हाम्रो पाटीको समर्थन छ ?'
१०) हाम्रो पार्टीले तीन राजदूतको नाम पठायो तर यसबारे पार्टीको कुनै निकायमा अध्यक्षले छलफल गरेका छैनन् । यसको मतलब रा.प्र.पा. के अध्यक्षको घरयासी अड्डा हो ? अझ अचम्म के छ भने राष्ट्रिय छापामा आए अनुरुप हामीले राजदूत राख्ने भनेको देशले राजदूताबास राख्न स्विकृति पनि दिएको छैन । विवाहको कुरो छिनिएको् छैन तर त्यो भन्दा अगाडि जन्ती लिएर जाने ? यस्तो अवस्थामा हामीले पार्टीको तर्फबाट भनी राजदूत सिफारिस गर्नु हास्यास्पद र लज्जास्पद कुरा हो । अझ यसबारे पार्टीमा कुनै छलफलनै भएको छैन । दासहरुको जमात जस्तो पार्टीलाई व्यवहार गर्ने वर्तमान नेतृत्वको शैलि र संस्कार मलाई मान्य छैन ।
११) माथिका मैले देखाएका विभिन्न कारणहरुको परिवेशमा एकता अधिवेशन पछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रुपमामात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्म प्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग हुदैछ । भ्रष्टाचार प्रति आँखा चिम्लने संस्कारको जग वसाल्ने प्रयास भइरहेको छ । यो प्रवृति मलाई मान्य छैन । त्यसैले म आजबाट राप्रपा बाट अलग भएको छु ।
राप्रपामा देखिएको नितान्त अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुदै गइरहेको छ । यो नेतृत्वबाट राष्ट्रियताको सम्वर्धन हुदैन । भ्रष्टाचार माथि नियन्त्रण हुदैन र नेपाली जनताको समृद्धिको लागि कुनै योगदान हुदैन । देश र जनताको हितका लागि कार्यगर्न नसक्ने नेतृत्व रहेको पार्टीमा आबद्ध भइरहनु देश र जनताप्रति विश्वास घात गर्नु हो । यसर्थ म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनु परेको हो ।
भविष्यमा देशमा समावेशि राष्ट्रियता, बहुलबादी प्रजातन्त्र , प्रगतिसिल उदारबाद, हिन्दु पहिचान र संसदद्धारा अनुमोदित राजसंस्था प्रति प्रतिबद्ध रहेर देश र जनताको हक–हित, अधिकार र स्वमिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहनेछु ।
डा. प्रकाशचन्द्र लोहनी
२९ फागुन २०७३
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)