३ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्तरगत २ वडामा भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडामा वडा भेला गर्ने क्रममा कांग्रेसले बिहिबार साविकको हेटौंडा १४ र १५ वडा हाल १३ नम्बर वडा र साविकको १६ नम्बर वडा हालको १४ नम्बर वडामा भेला तथा गरेको हो ।
हेटौंडा उपमहानगरपालिका १४ र १५ नम्बर वडामा भएको संयुक्त भेलामा साविक १४ नम्बरका वडा सभापति कृष्णबहादुर थिङको सभाध्यक्षतामा भेला तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यकर्ताबाट नयाँ संरचनाअन्तरगत हुने स्थानीय तहको निर्वाचनको बारेमा उठेका प्रश्नको कांग्रेस मकवानपुरकी सल्लाहकार रिता खनालले जवाफ दिएकी थिईन् ।
त्यस्तै १४ नम्बर वडामा साविक १६ नम्बरका वडा सभापति बलराम बलको सभाध्यक्षतामा भएको बृहत भेला तथा अन्तरक्रिया कार्यक्रममा कार्यकर्ताबाट उठेको प्रश्नको जवाफ निर्वतमान पार्टी सभापति रघुरमण न्यौपानेले दिएका थिए । कार्यक्रममा नेकपा एमाले ३ नम्बर क्षेत्रीय सदस्य टिका बानियाँ, रामकुमार बल, बिक्रम बललगायत ३१ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
दुवै वडामा छुट्टाछुट्टै भएको कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य र प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोईराला, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, महासमिति सदस्य भरत पराजुली, पूर्व जिल्ला उपसभापति नारायणप्रसाद लम्साल, महाधिबेशन प्रतिनिधी रमेशध्वज कार्की, ३ नम्बर क्षेत्रीय महिला सभापति तारा कार्की, पूर्व जिल्ला सदस्य गोपाल अधिकारी, अर्जुन थिङ, चम्फुरत्न लामालगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस मकवानपुरको नयाँ संरचना अन्तरगत चुनावी अभियान हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा र ८ वटै गाउँपालिकामा चैत १ गतेदेखि ९ गतेसम्म वडा भेला तथा बृहत अन्र्तक्रिया गर्ने र चैत १२ गते जिल्ला भेला गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)