Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

माअोवादी केन्द्रको तीन कार्यक्रम

FB_IMG_1489674706916-1489674737.jpg

३ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको मनहरी गाउँपालिका रजैयामा गाउँपालिका सम्मेलन सम्पन्न भएको छ ।

वाइसियल जिल्ला कार्यालय सदस्य तथा गाउँपालिका इन्चार्ज जिवन थिङको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि पार्टीको पोलिट व्युरो सदस्य एवं जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) रहेेका थिए । मुलुक हाक्ने जिम्मेवारी युवाहरुको काँधमा आएकोले अब युवाहरुले जिम्मेवारीपूर्ण ढंगले लाग्नुपर्ने भन्दै पुलामीले एमालेको अभियान मुलुकको समस्या समाधान गर्ने नभई द्वन्द निम्ताउने अभिप्राय झै भएको बताए ।

सम्मेलनले दिपेन्द्र अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा दिपक मुक्तान, सचिवमा विरेन्द्र गोपाली, सहसचिवमा हिरामाया लामा, कोषाध्यक्षमा दिपक प्रसाद भट्ट चयन भएका छन् ।

कार्यक्रममा वाइसियल फ्याक्सन इन्चार्ज प्रकाश पाण्डे, केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य ओम घलान, रामहरि सुवेदी, रामप्रसाद कालाखेती, जिल्ला आयोजक समिति सदस्य केशव सुवेदी लगायतको उपस्थिति  रहेको थियो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) निकट पहरी राष्ट्रिय मुक्ति मोर्चा  नेपालको प्रथम सम्मेलन बागमति गाउँपालिका अन्तर्गत राईगाउँमा सम्पन्न भएको छ ।

जौवन पहरीको अध्यक्षतामा भएको कार्यक्रममा पहरी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव जनक पहरीको प्रमुख आतिथ्यमा भएको थियो । सम्मेलनले जीवन पहरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा आकाश पहरी, सचिवमा रेगजिव पहरी, कोषाध्यक्षमा सुनमाया पहरी चयन भएको समाचार प्राप्त भएको छ । जसको अतिथिहरुमा पार्टी केन्द्रीय आयोजक समिति सदस्य बक्ष्यु खड्का गोले, जिल्ला आयोजक समिति सदस्य फणेन्द्र लामा लगायत रहेका छन् ।

यता, नेकपा (माओवादी केन्द्र)को बकैया गाउँपालिका अन्र्तगत वडा नम्बर २ तिनथुम्केमा वाइसियल नेपाल र अनेमसंघ (क्रान्तिकारी) को वडा भेला सम्पन्न भएको छ । 

लाल बहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा वाइसियल फ्याक्सन इन्चार्ज प्रकाश पाण्डे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बकैया गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रिन, अनेमसंघ (क्रान्तिकारी) का केन्द्रयि सदस्य लक्ष्मी माझी, वाइसियल संयोजक जिवन गोले, अनेमसंघ (क्रान्तिकारी) का जिल्ला सचिवालय सदस्य कुमारी योञ्जन लगायत सहभागी थिए ।भेलाले २३ सदस्यीय वाइसियल र २१ सदस्यीय अनेमसंघ (क्रान्तिकारी)  निर्माण गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg