८ चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचना अन्तरगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले मंगलबार हेटौंडाको ९ र १० नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ९ र १० मा वडा सभापतिहरु क्रमशः बीरेन्द्र लामा र कालु घलानको सभाध्यक्षतामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका क्रियाशिल कार्यकर्ताबाट नयाँ संरचनाअन्र्तगत हुने स्थानीय तहको निर्वाचनको बारेमा उठेका प्रश्नको जवाफ वडा नम्बर ९ मा काँग्रेस पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालले र १० नम्बरमा १० मा पार्टीका प्रवक्ता प्रदिप कोईरालाले दिए ।
कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु महेन्द्र राउत, इन्दिरा न्यौपाने, सुनिल दाहाल, राजिव सुवेदी, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, महासमिति सदस्य भरत पराजुली, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा, राधा कोईराला, प्रमिला खतिवडा, भुवनलाल श्रेष्ठ, महाधिबेशन प्रतिनिधी रमेशध्वज कार्की, ३ नम्बर क्षेत्रीय महिला सभापति तारा कार्कीलगायतको उपस्थिति रहेको थियो ।
यस्तै, नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्र्तगतको भीमफेदी गाउँपालिकामा मंगलबार बृहत अन्र्तक्रिया तथा भेला भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति यतिराज सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाबाट खतिएका प्रतिनिधिहरु जिल्ला सचिव आनन्द कठायत, भीम लामा, मोमलाल दोङ, साविक भीमफेदी, निबुवाटार, कोगटे,
इपापञ्चकन्या, भैसे र नामटारका गाविस सभापतिहरु क्रमशः जव्वारसिं वाइबा, सञ्जिव श्रेष्ठ, बुद्धिबहादुर सिंजाली, समुन्द्रमान घिसिङ, नारायण थापमगर, रामकृष्ण थापा, महिला संघ २ नम्बर क्षेत्रीय सभापति शान्ति विक, महिला संघकी नेतृ गोरीमाया लामालगायतकाले कार्यकर्ताको जिज्ञाशा र भावी निर्वाचन प्रणालीको बारेमा जानकारी गराएका थिए ।
भीमफेदी गाउँपालिकाको ९ वटै वडामा यही चैत १९ गतेदेखि २६ गतेसम्म निर्वाचन परिचालन कार्यक्रम आयोजना गर्ने र निर्वाचन प्रचारप्रसार समितिका संयोजकमा गोपीराम बललाई चयन गरिएको छ । उक्त समितिलाई १९ गतेदेखि २६ गतेसम्म हुने प्रत्येक वडामा गरिने कार्यक्रममा एक/एक जना सदस्य थप्ने निर्णय गरिएको जिल्ला प्रतिनिधि तथा पार्टी सचिव कठायतले जानकारी दिए ।
यस्तैगरि, नेपाली काँग्रेस क्षेत्र नम्बर ४ अन्र्तगतको मनहरी र राक्सीराङ गाउँपालिकामा मंगलबार बृहत चुनावी प्रशिक्षण कार्यक्रम भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभापतित्वमा भएको कार्यक्रममा प्रमूख अथिति नेपाली काँग्रेस पार्टीका जिल्ला सचिव बुद्ध लामा रहेका थिए ।
कार्यक्रममा प्रमूख अथिति जिल्ला सचिव लामा र क्षेत्रीय सभापति मुक्तानले कार्यकर्ताहरुले राखेको जिज्ञाशा र आगामी स्थानीय तहको निर्वाचन र पार्टीको भूमिकाको बारेमा प्रशिक्षण दिए ।
पार्टीका सल्लाहकार, महासमिति सदस्य तथा महिला नेतृ उमा दाहाल, महासमिति सदस्य चित्रबहादुर थापा, भरत पराजुली, जिल्ला सदस्यहरु ईश्वर रुम्बा, रामकृष्ण प्रजा, राजकुमार मल्ल, नवराज उप्रेती, महाधिबेशन प्रतिनिधी सन्तबहादुर प्रजा, पार्टीका पूर्व जिल्ला सहसचिव विष्णुराम प्रजा, तरुण
दल जिल्ला अध्यक्ष ईश्वर पाठक, जिल्ला सहसचिव निरशंकर लामा, क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, होमबहादुर मुक्तान, कमला मैनाली, सरिखेत, राक्सीराङ, काँकडा र खैराङ, हाँडीखोला र मनहरी गाविस सभापतिहरु क्रमशः बीरेन्द्र जिम्मा, जितन चेपाङ, शंकर न्यौपाने, जयबहादुर तितुङ र सुमन नगरकोटी, चन्द्रबहादुर न्यौपाने, नारायण उप्रेतीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)