Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

निर्वाचन पार्टी र देशका लागि जीवनमरणको सवाल : शशांक कोइराला

Sashank1-1490442833.jpg

१२ चैत, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै तयारी तिब्र बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको हेटौडामा शनिबार भएको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन नै पार्टीको मूल लक्ष्य भएको बताए । उनले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन हुनुपर्नेमा जोड दिंदै यसलाई पार्टी र देशका लागि जीवन मरणको सवालको लिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री महालक्ष्मी डिना उपाध्यायले देशको बृहतर विकास र समृद्धिका लागि नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा जीत हासिल गर्नुपर्ने भएकाले यसतर्फ जुट्न कार्यकर्तालाई आग्रह गरिन् । केन्द्रीय सदस्य रामकृष्ण यादवले तराई पहाड र हिमालको एकताका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली नेपाली बीच झगडा गराउने काम बन्द गर्न एमाले र मधेशी मोर्चालाई सचेत गराए । 
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रजातन्त्र ल्याई राणाबाट देशलाई मुक्त गर्न, बहुदल ल्याउन, राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन, नयाँ संविधान ल्याउन नेपाली कांग्रेसले नेतृत्व गरेको भन्दै नेपालमा राष्ट्रवादी काम कांग्रेसले मात्रै गरेको बताए । अतिवादलाई प्रश्रय दिएर तराई र पहाडको विभाजन ल्याउने काम गर्ने एमाले र अध्यक्ष केपि ओलीलाई राष्ट्रवाद र राष्ट्रियताको कुरा गर्न कुनै अधिकार नरहेको उनको भनाई थियो । कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति एवं गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको थियो ।

Sashank2-1490442833.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg