Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाको संक्रमणबाट १४ हजार ६१६ जनाको मृत्यु  

Opera-Snapshot_2020-03-23-1584929723.png

१० चैत्र, हेटौंडा । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १४ हजार ६१६ जनाको मृत्यु भएको छ ।
३ लाख २६ हजार ८३८ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९७ हजार ६३६ जना उपचारपछि घर फर्किएका छन् । 
कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रबिन्दु बनेको छ ।
पछिल्लो समय सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा गएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ५१ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ ।
मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण १ हजार ६ सय ८५ जनाको ज्यान गएको छ भने २१ हजार ६ सय ३८ जना संक्रमित छन् ।
यस्तै युरोपियन राष्ट्रहरुमा स्पेनमा पनि कोरोना संक्रमणका कारण मर्नेको संख्या थपिदै गएको छ । स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कारण १ हजार ७ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ३७५ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको संक्रमणबाट अमेरीका, जर्मनी, फ्रान्स, दक्षिण कोरिया, बेलायतm स्विटजरल्याण्ड जस्ता मुलुकहरु बढी प्रभावित भएका छन् । 
कोरोना भाइरसको उद्गम स्थल चीनमा भने कोरोना भाइरसका नयाँ संक्रमण देखिन छाडेको छ  । चीनमा ८१ हजार ५४ जनामा संक्रमण भएकोमा ३ हजार २६१ जनाको ज्यान गएको छ भने ७२ हजार ४४० जना उपचारपछि घर पर्किएका छन् । यसैगरी ५ हजार ३५३ जनाको उपचार चलिरहेको छ ।
यता दक्षिण एसियाली मुलुकहरु भारतमा कोरोनाको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ३ सय ९६ जना पुगेको छ । यसैगरी श्रीलङ्कामा, अफगानिस्तानमा, बङ्गलादेशमा, माल्दिभ्समा र भुटानमा पनि संक्रमित देखिएका छन् ।
नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्  र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार