१३ चैत्र, हेटौंडा । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ को संक्रमणबाट मृत्यु तिब्रगतिमा बढेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर २३०५ जनाको मृत्यु भएको छ भने ४६ हजरा २८१ जना नयाँ संक्रमित भएका छन् ।
विश्वभर ४ लाख ६८ हजार ९०५ संक्रमित भएकामा २१ हजार २०० जनाको मृत्यु भइसकेको छ । १ लाख ११ हजार २ सय १८ जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सुरू भएको कोरोनाको संक्रमणबाट अहिले संक्रमित र मर्नेको संख्या चिनमा भन्दा युरोपमा बढी भएको छ ।
सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । थप ६ सय ८३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।
इटालीमा दैनिक मृत्युदर निकै डरलाग्दो अवस्थामा छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेको इटालीमा ९ हजार ३ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहां थप ६ सय ५६ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ । ५ हजार बढी उपचार पछि निको भएका छन् ।
यस्तै अमेरिकामा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ । पछिल्लो चौविस घण्टामा अमेरिकामा ११ हजार १४२ जनामा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या ९४३ पुगेको छ ।
यसैगरी जर्मनीमा पनी संक्रमित र मर्नेको संख्या पछिल्लो समयमा निकै बढेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा जर्मनीमा ४ हजार ३ सय ३२ जना नयाँ संक्रमित थपिएका छन भने मृत्यु हुनेको संख्या २०६ पुगेको छ ।
यता मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण २ हजार २०६ जनाको मृत्यु भएको छ भने २७ हजार १७ जना संक्रमित छन् ।
जर्मनीमा २ सय ६ जनाको मृत्यु भएको छ भने ३७ हजार ३ सय २३ जना संक्रमित छन् । फ्रान्समा १ सय ३ सय ३१ जनाको मृत्यु भएको छ । २५ हजार २ सय ३३ जना संक्रमित छन् ।
दक्षिण कोरियामा कोरोनाका कारण १ सय २६ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३७ जना संक्रमित छन् ।
यस्तै बेलायतमा कोरोनाका कारण ४ सय ६५ जनाको मृत्यु र संक्रमितको संख्या ९ हजार ५ सय २९ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १९८ राष्ट्र प्रभावित भएका छन् ।
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...





-1788140988.jpg)












