१७ चैत्र, हेटौंडा । नेकपा एमाले मकवानपुरको सचिबालय बैठकले बिभिन्न निर्णयहरु गरेको छ । एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सिग्देलको संयोजकत्वमा २ हजार १ सय ११ सदस्यीय जिल्ला निर्बाचन परिचालन कमिटि गठन गरेको छ ।
त्यसैगरी जिल्ला सचिब एबम् प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठको संयोजकत्वमा निर्बाचन प्रचार प्रसार र निर्बाचन कार्यालय ब्यबस्थापन गरी २ वटा उपकमिटि निर्माण गरेको छ। प्रचार बिभाग र प्रेस चौतारीका सदस्यहरु प्रचार प्रसार कमिटिको सदस्य रहने पार्टीले जनाएको छ । त्यसैगरी मोर्चा बिभाग प्रमुख श्रीधर पोख्रेलको संयोजकत्वमा आर्थिक, उपसचिब मिना लामाको संयोजकत्वमा स्वयम् सेवक तथा सुरक्षा उपकमिटि निर्माण गरीएको छ ।
त्यसैगरी मकवानपुरका गाउँगाउँमा बैठक, भेला, आमसभा, प्रचार प्रसारका कार्यहरुलाई तिब्रता दिइने पार्टीका सचिब एकालाल श्रेष्ठले जानकारी दिए । त्यसैगरी पार्टीको जिल्ला घोषणा पत्र, गाउँपालिका तथा वडा वडामा पार्टि कार्यालय स्थापना गर्ने निर्णय भएको श्रेष्ठले बताए । मकवानपुर एमालेमय बनाउन कार्यकर्ताहरुलाई चुनाबको तयारीमा लाग्न पार्टीले आब्हान गरेको छ ।
बैठकमा एमालेका केन्द्रिय सदस्य केदार न्यौपाने, केन्द्रिय सदस्य एबम् मकवानपुर इन्चार्ज बिरोध खतिवडा, सांसद अनन्त पौडेल, ३ नम्बर प्रदेश सदस्य रामेश्वर रानालगायत सहभागि थिए । २ दिन अगाडि मात्र एमालेले हेटौंडा उपमहानगरपालिकामा १ हजार ५ सय १ सदस्यीय निर्बाचन परिचालन कमिटि गठन गरेको थियो ।
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

