Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु सहकारीमा पुनः पराजुली

Kamdhenu-1491055787.jpg

१९ चैत, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गौरबकुमार पराजुली सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा पराजुलीलाई चयन गरेको हो । भेलाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उदयप्रकाश दहाल, सदस्यहरुमा मन्दिरा घिमिरे, अम्विका सापकोटा, गीता न्यौपाने, श्यामलाल श्रेष्ठ, दिर्घमणी भट्टराई र धनबहादुर गौतम रहेका छन् । 
लेखा सुपरवेक्षण समितिको संयोजकमा केदारप्रसाद गौतम, सदस्यहरुमा बद्री भण्डारी र सीता सुवेदी चयन भएका छन् । सभामा संस्थाका अध्यक्ष पराजुलीले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गौतमले लेखा परीक्षण प्रतिवेदन, उपाध्यक्ष दहालले ऋण उपसमितिको प्रतिवेदन र खुत्रुके बचत उपसमितिका संयोजक केशबप्रसाद अधिकारीले खुत्रुके प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा ज्येष्ठ सदस्यहरु पूर्णबहादुर श्रेष्ठ र सन्तमाया मानन्धर, बढी व्याज बुझाउने सीता सुवेदी, बढी सेवा शुल्क बुझाउने राधा गौतम र सरीता गौतम, उत्कृष्ट विद्यार्थीमा सुयोग भट्टराई र रेनु श्रेष्ठ, उत्कृष्ट खुत्रुके बचतमा सौगात अर्जेल, प्रकृति पराजुली, ललमाई चौलागाई, सुशान्त सुवेदीलाई सम्मान गरिएको थियो । 
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नौलो विहानी कृषि सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, दिव्यज्योति निमाविका प्रधानाध्यापक रमेशकुमार घिमिरे, संस्थाका सल्लाहकार बासुदेव सापकोटा, उदय विडारी, सञ्चारकर्मी रुपेश दुलाल, व्यवस्थापक भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार