२२ चैत, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविबाट ७ जना शिक्षकलाई विदाई गरिएको छ । विद्यालयले मंगलबार विदाई तथा शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी सेवा निवृत्त, शिक्षक सेवा आयोगमा नाम निकालेका, सरुवा भई अन्यत्र गएका र विदेश जान लागेका गरी ७ जना शिक्षकलाई सम्मानसहित विदाई गरेको हो ।
विद्यालयले शिक्षक रामकुमार अधिकारी, कृष्णप्रसाद दाहाल, भरत मैनाली, दिपक ढकाल, राजेन्द्र थापा, किशोर न्यौपाने र चन्द्रप्रसाद खतिवडालाई दोसल्ला र ढाकाटोपीसहित सम्मान गरेको थियो । कार्यक्रममा शिक्षकहरुले बालजागृतिमा आफुहरुको सेवाका क्रममा प्रगाढ सम्बन्ध बनेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । विद्यालयको उन्नति, प्रगतिमा आफ्नो सहयोग सधैं रहने समेत उनीहरुको भनाई थियो ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य ईन्द्रमणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विदाई भएका शिक्षकहरु रामकुमार अधिकारी, दिपक ढकाल, विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद चौलागाई, सहायक प्रधानाध्यापक शिव दुलाल, शिक्षक प्रतिनिधि भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा नयाँ बर्ष २०७४ को शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
तस्विर सौं. भरत सापकोटा
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















