२२ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्म ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ४१ पुगेको हो । एकैदिन थप ५ हजार ९ सय ७३ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाठ ज्यान गुमाउनेको संख्याले ५९ हजार नाघेको हो ।
अहिलेसम्म १० लाख ९८ हजरा ६ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन ८२ हजार ९४१ थपिएको छ ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख २८ हजार ४ सय ५ जना उपचारपछि निको भएका ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ३९ हजार ४ सय ३९ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ७ लाख ७१ हजार २१ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा अहिलेसम्म १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । इटालीमा एकैदिन ७ सप ६६ जनाले ज्यान गुमाएका छन् । इटालीमा पछिल्ला समय ४ हजार ५ सय ८५ नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ९८ पुगेको छ । स्पेनमा ८ सय ५० जना थप मृत्यु भएको छ भने ७ हजार १ सय ३४ नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार ३ सय २१ जनाको मृत्य भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या ७ हजरा ३ सय ९२ पुगेको छ । विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३२ हजार २ सय ८४ जना नयाँ संक्रमित थपिएपछि यहाँ २ लाख ७७ हजार १ सय ६१ जना संक्रमित पुगेको छ ।
यस्तै फ्रान्समा एकैदिन १ हजरा १ सय २० जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार २ सय ९४, बेलायतमा ३ हजार ६ सय ५, बेल्जियममा १ हजरा १ सय ४३, नेदरल्याण्डसमा १ हजार ४ ८७, जर्मनीमा १ हजार २ सय ७५ र स्विटजरल्याण्डमा ५ सय ९१ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने ज्यान गुमाउनेको संख्या स्थिर जस्तै भएको छ । पछिल्ला केही दिन यता चीनमा ज्यान गुमाउनेको संख्या निक्कै घटेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय २२ जनाले ज्यान गुमाएका छन् ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











