Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

माओवादी केन्द्रको नामटार र बकैयामा प्रशिक्षण

FB_IMG_1491575678377-1491575768.jpg

२५ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिका ९ नामटारस्थित बासुकीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै दिपक गोलेको संयोजकत्वमा एकसय ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी गराउन आवश्यक रणनिती बनाउँदै अभियान सञ्चालन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्र मकवानपुरका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिनले बताए ।

प्रचार प्रसार संयोजक दिपक गोलेको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तान, गाउँपालिका इन्चार्ज प्रमिला लामा,नेताहरु बिज्ञान लामा, अप्सरा लामा, मानबहादुर लामा, रञ्जित राना, श्याम बर्तौला, सरोज पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी, नेकपा माओवादी केन्द्रले बकैया गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गर्दै प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रिनको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता रहको थियो ।

कार्यक्रममा इन्चार्ज पाख्रिनको संयोजकत्वमा एक हजार तीनसय १५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । 

यसैगरि, मकवानपुरगढी गाउँपालिकामा प्रशिक्षण तथा बैठक भएको छ । गाउँपालिका इन्चार्ज मानकुमारी नेपालीको अध्यक्षतामा भएको प्रशिक्षणमा पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकले कृष्ण घिमिरेको संयोजकत्वमा एक हजार ९९ सदस्यीय निर्वाचन जनपरिचालन कमिटि गठन गरिएको माओवदी केन्द्र सञ्चार बिभागले जनाएको छ ।

FB_IMG_1491575678377-1491575841.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg