Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

एमालेको निर्वाचन प्रचार कार्यलय उद्घाटन तिब्र

download-1491665543.jpg

२६ चैत, हेटौंडा । स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै नेकपा एमाले हेटौँडा उपमहानगरकपालिकामा चुनाव प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र ढंगले अघि बढिरहेको छ ।

शनिबार हेटौँडा उपमहानगरपालिकाको ५ वटा वडाहरुमा कार्यक्रमको आयोजना गर्दै एमालेले आफ्नो चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नंबर १, वडा नंबर ११, वडा नंबर १३, वडा नंबर १५ तथा वडा नंबर १८ मा कार्यालयको शुभारम्भ भएको हो । आज भएको १ नंबर वडा भेलाले वडा कार्यालयको उद्घाटन गर्दै कृष्ण प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सय १ सदस्यीय वडा निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ ।

एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सहसचिव मिना लामा, अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझा, नगर सहसंयोजक हरिबहादुर महत लगाएतको उपस्थिती रहेको थियो ।

त्यसैगरी वडा नंबर १३ मा पनि वडा निर्वाचन प्रचाप्रसार कार्यालयको शुभारम्भ भएको हो । एमाले पुर्व सचिव रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनोज वाईवाको अध्यक्षतामा २ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन समिति निर्माण भएको छ । त्यसैगरी वडा नंबर ११ मा पनि वडा निर्वाचन कार्यालय शुभारम्भ भएको हो । कार्यालयको उद्घाटन जिल्ला अध्यक्ष मुनु सिग्देलले गरेकी हुन् । त्यस्तै वडा नंबर १५ चुरीयामाईमा पनि वडा निर्वाचन प्रचारप्रसार कार्यालय निर्माण भएको छ । पर्षबहादुर भुजेलेको संयोजकत्वमा भएको भेलाले उनकै संयोजकत्वमा २ सय ५१ सदस्यीय वडा निर्वाचन प्रचारप्रसार समिति निर्माण गरेको थियो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव एकालाल श्रेष्ठ, उपसचिव मिना लामा , एमाले नेताहरु श्रीधर पोखरेल, नविन सिग्देल, सुनिल मोक्तान, प्रेमबहादुर भोम्जन लगाएतको सहभागिता रहेको थियो । त्यस्तै वडा नंबर १८ मा पनि वडा निर्वाचन प्रचारप्रसार कार्यालयको शुभारम्भ भएको छ ।

एमाले क्षेत्र नंबर १ का क्षेत्रीय  इन्चार्ज कमल विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य अनिल बाँनीया, क्षेत्रीय उपसचिव प्रकाश बाँनीया लगाएतको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg