२९ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ७ हजार ९ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख नाघेको हो ।
अहिलेसम्म कोरोना संक्रमणबाट कुल १ लाख २ हजार ६ सय ९२ पुगेको छ भने विश्वभर १६ लाख ९७ हजार ८ सय २ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार १ सय ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ३ लाख ७६ हजार १ सय ८४ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४९ हजार ८ सय ३१ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने ११ लाख ६९ हजार ९४ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । इटलीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो ।
इटालीमा पछिल्लो समय ५ सय ७० जना मृतक थपिएका छन् भने ३ हजार ९ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा एकै दिन २ हजार ४३ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउँनेको संख्या १८ हजार ७ सय २५ पुगेका छ । यो सँगै अमेरीका संक्रमणबाट मृत्युहुनेको दोश्रो स्थानमा उक्लिएको छ । यस अघि इटाली पछि सबैभन्दा बढी मानिसको मृत्यु स्पनेमा भएको थियो ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३३ हजार ७ सय ५२ जना नयाँ संक्रमित थपिएपछि यहाँ ५ लाख २ हजार ३ सय १८ जना संक्रमित पुगेको छन ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ८१ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ३४ जना थप मानिको मृत्यु भएको छ भने ५ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा पछिल्लो २४ घण्टामा ९ सय ८७ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १३ हजार १ सय ९७ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ७ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ड हजार ९ सय ५८ जनाको मृत्यु भएको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ९ सय ८० जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार २ सय ३२, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, र नेदरल्याण्डसमा २ हजार ५ सय ११, ब्राजिलमा १ हजार ६८ र स्विटजरल्याण्डमा १ हजार २ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३६ जनाले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा चीनमा थप १ जनाको मृत्यु भएको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















