२७ चैत, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा आइतबार विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया भएको छ । जनप्रिय स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
अन्तरक्रियामा विद्यार्थी संख्यामा बृद्धि, नर्सरीदेखि कक्षा २ सम्म अंग्रेजीमाध्यममा अध्यापन, घरदैलो कार्यक्रम, प्रचारप्रसार लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक एवं भौतिक विकासको निमित्त विभिन्न व्यक्तिहरुले सहयोगको घोषणा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशकुमार घिमिरेले प्लाष्टिकको कुर्सी ५ थान, हरिप्रसाद सिग्देल, रामप्रसाद कँडेल र मुक्तिनाथ गौतमले मासिक एक हजार रुपैँया, शिक्षक पुरुषोतम शर्मा घिमिरे र कर्मचारी बद्री भण्डारीले २ थान पंखा, शिक्षक नवराज पौडेल, शिक्षिका कपिला आचार्य, समाजसेवी रमेशकुमार थापा, अमरबहादुर थापा र गौरीशंकर चौलागाईले १÷१ थान पंखा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलले ८ जना विद्यार्थीलाई पोशाक, शिक्षक उद्धवप्रसाद दुलालले ८ जना विद्यार्थीलाई झोला, शिक्षक रोमबहादुर न्यौपानेले ८ जना विद्यार्थीलाई एक बर्षको लागि कपि र कलम दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमबाट विद्यालयका अध्यक्ष रोशन घिमिरेको संयोजक र प्रधानाध्यापक रमेशकुमार घिमिरे सदस्य सचिव रहेको ९ सदस्यीय विद्यालय सुधार सहयोग समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अमरबहादुर थापा, रमेशकुमार थापा, गोमा काफ्ले, सावित्री वर्तौला, गौरीशंकर चौलागाई, मनकुमारी घिमिरे र उद्धवप्रसाद दुलाल रहेका छन् ।
कार्यक्रममा पूर्व प्रधानाध्यापकहरु माधव पराजुली, हरि सिग्देल, पूर्व अध्यक्ष भैरवबहादुर राई, सञ्चारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















