Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

के छ राप्रपाको गढमा चुनावी चहलपहल ?

Rpp-1491896761.jpg

२९ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ लाई राप्रपाको गढ मानिन्छ । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, ३ नम्बर क्षेत्रीय अध्यक्ष धु्रव सञ्जेल, हेटौँडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा हेटौँडा–६ कै हुन् । 
राप्रपाको हेटौँडा नगरमा बलियो उपस्थिति रहेको वडामध्ये यो वडा पनि पर्दछ । त्यसैले धेरैले हेटौँडा–६ मा राप्रपाको चुनावी चलहपहल के छ भन्ने चासो राखेका छन् । ६ नम्बर वडामा राप्रपाले अझै पनि आफ्नो उम्मेदवार चयन गर्न सकेको छैन । वडा सभापति केदार राई र नगर सभापति गुरुप्रसाद सापकोटामध्ये को अध्यक्षको उम्मेदवार बन्ने भन्ने चर्चा वडामा छ ।
प्रतिकुल अवस्थामा नगरमा राप्रपाको उपस्थिति बढाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका सापकोटा मेयरको आकांक्षी थिए । तर पार्टीबाट उनलाई मेयरको उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि वडा अध्यक्षको उम्मेदवार बनाउने कि भन्ने छलफल पार्टीबृत्तमा छ । वडा अध्यक्ष राईलाई उम्मेदवार बनाउनुपर्ने दवाव वडास्तरबाट जिल्ला पार्टी तहमा परेको छ । राई समुदायको बाक्लो उपस्थिति, इमान्दार र कार्यकर्तामा लोकप्रिय छवि भएका उनलाई उम्मेदवार बनाउँदा राप्रपाले जित्ने वडा तहका कार्यकर्ताहरुको दावि छ । अध्यक्षबाहेक अन्य पदमा भने आन्तरिक सहमति भईसकेको राप्रपा स्रोतको भनाई छ ।
‘वडा अध्यक्षसहित सबै पदमा उम्मेदवारको छिनोफानो केही दिनमै हुन्छ ।’–उनले भने–‘सबैसँगको सल्लाहमा अवसर दिने हाम्रो तयारी छ ।’ दुबै लोकप्रिय र जनता कार्यकर्तामा भिजेको भन्दै राईले छिटै उम्मेदवारबारे पार्टीले निर्णय लिने बताए । कार्यकर्ताहरु पुतलीबजारमा रहेको पार्टी कार्यालयमा जम्मा भएर पार्टीका उम्मेदवारलाई विजयी गराउनेबारे चर्चा परिचर्चा गर्ने गरेका छन् । राप्रपाको बाक्लो उपस्थिति भएपनि अहिलेसम्म अध्यक्ष जित्न नसकेकाले यसपटक खाता खोल्ने लक्ष्यका साथ राप्रपा नेता कार्यकर्ता जुट्ने जनाईएको छ । 
२०४६ सालपछि एक पटक नेपाली कांग्रेसको तर्फबाट विरेन्द्र मानन्धर र अर्को पटक नेकपा एमालेको तर्फबाट त्रिविक्रम मानन्धरले अध्यक्षमा जितेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg