Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

स्थानीय चुनावमा तरुणको भूमिका महत्वपूर्णः गृहराज्यमन्त्री बानियाँ

FB_IMG_1492010730566-1492011436.jpg

३० चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिको बृहत तरुण भेला बुधबार हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले आशन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसलाई चारै क्षेत्रमा जिताउन तरुण दलको भूमिका महत्वपूर्ण हुने बताए । बृहत तरुण भेलामा बोल्दै गृहराज्यमन्त्री बानियाँले अहिले मकवानपुरमा चारैक्षेत्र काँग्रेसमय भएकाले सशक्तरुपमा चुनाव प्रचारप्रसारमा लाग्न तरुण युवाहरुलाई आग्रह गरे ।
काँग्रेसले स्थानीय निकायमा जितेको खण्डमा १० हजार युवाले रोजगारी पाउने र प्रत्येक गाउँपालिकामा २/२ हजार युवाहरु स्वरोजगार हुने अवधारणा ल्याउन लागेको प्रमूख अतिथि गृहराज्यमन्त्री बानियाँले जानकारी दिए ।
कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकारद्वय दामोदर सुवेदी, अशोक शाक्य, प्रभात दाहाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु माधव वाग्ले, नारायण उप्रेती, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण दल जिल्ला सचिव सचित थापा, नगर सचिव दीपक श्रेष्ठ, ४ नम्बर वडा अध्यक्ष कमलराज मैनाली, महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा शिवलगायतले मन्तव्य व्यक्त गरे ।
भेलामा राधाकृष्ण मैनालीसहित विभिन्न पार्टी तथा संगठन परित्याग गरी ७१ जना नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।
त्यसैगरी तरुण दल बकैया गाउँपालिकाले सुन्दरसिं थिङको संयोजकत्वमा ६० सदस्यीय तरुण चुनाव प्रचारप्रसार समिति बुधबार गठन गरेको छ ।
तरुण १ नम्बर क्षेत्रीय सभापति दामोदर दाहालको सभाध्यक्षता तथा पार्टीका १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको प्रमूख आतिथ्यतामा भएको भेलाले थिङको संयोजकत्वमा तरुण प्रचारप्रसार समिति गठन गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg