Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

पदमपोखरीमा एयरपोर्ट बन्छः गृहराज्यमन्त्री बानियाँ

गढीमा २ सय १७ जना काँग्रेस प्रवेश

padampokhari-congress-pro-1492357529.jpg

३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदमपोखरीमा एयरपोर्ट बन्ने बताएका छन् ।
नेपाली काँग्रेस हेटौंडा १३ पदमपोखरीको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै गृहराज्यमन्त्री बानियाँले आईतबार नेपाली काँग्रेस पदमपोखरीमा एयरपोर्ट बनाउन प्रतिबद्ध रहेको बताए । बानियाँले आफूले नागरिक उडड्यनको राज्यमन्त्री हुँदादेखि नै त्यस कार्यालयका प्रमूखलगायत इन्जिनियरहरुसंग निरन्तर सम्पर्कमै रहेको र गृहकार्य अघि बढेको बताउँदै एयरपोर्ट बन्नेमा विश्वस्त रहन आग्रह गरे । गृहराज्यमन्त्री बानियाँले निर्वाचनमा काँग्रेस पछि नहट्ने र बैशाख ३१ मा निर्वाचन हुनेमा ढुक्क रहँदै प्रचारप्रसारमा लाग्न आग्रह गरे ।
साविक पदमपोखरीका सभापति कृष्णबहादुर थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य राजिव सुवेदी, लक्ष्मी थिङ, चम्फुरत्न लामालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
गढीमा २ सय १७ जना काँग्रेस प्रवेश
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको मकवानपुर गढी गाउँपालिकास्तरीय भेला आईतबार आमभञ्ज्याङको डुम्रेकुनामा भएको छ ।
तरुण मकवानपुर गढी गाउँपालिका चुना प्रचारप्रसार समितिका संयोजक सानोकान्छा लामाको सभापतित्व तथा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो । कार्यक्रममा एमाले, राप्रपा, माओवादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी २ सय १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
भेलामा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु सूर्यबहादुर रुम्बा, गोपी अधिकारी, अर्जुन दाहाल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, सचिव ओमबहादुर बस्नेत, क्षेत्रीय प्रवक्ता पुरुषोत्तम ठकुरी, तरुण नेता राजेश भेटवाल, तरुण १ नम्बर क्षेत्रीय अध्यक्ष दामोदर दाहाल, पार्टी आमभञ्ज्याङ गाविस सभापति यटबहादुर बस्नेत, नेता दोर्जे लामा, तरुण गढी र आमभञ्ज्याङ अध्यक्षद्वय धनबहादुर थिङ र कृष्णहरि हुमागाईलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

tarnu-progam-gadhi-3-gate-1492357529.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg