११ साउन, हेटौँडा । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार गठनका लागि आव्हान गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार गर्न व्यस्त छन् । केन्द्रमा नामावली तयार भईरहँदा मकवानपुरमा पनि नयाँ मन्त्री बन्नेमा ३ जनाको नाम चर्चामा छ ।
जिल्लाका राजनैतिक दलका नेता, कार्यकर्ता अहिले मन्त्री बन्नेको लाईनमा नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका एकजना सांसदको नामबारे चर्चा गरिरहेका छन् । चर्चामा रहेका सांसदमा नेपाली काँग्रेसको तर्फबाट पूर्व केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्याय र जिल्ला सभापति इन्द्रबहादुर बानियाँ छन् भने माओवादी केन्द्रको तर्फबाट रामनारायण विडारी छन् । चर्चामा रहेका मध्ये बानियाँ प्रत्यक्ष निर्वाचित हुन् भने विडारी र उपाध्याय समानुपातिकतर्फका हुन् । उपाध्याय पूर्व जलस्रोत राज्यमन्त्री हुन् भने नयाँ संविधान निर्माणका क्रममा विडारी मस्यौदा समितिमा थिए ।
मन्त्री बन्ने चर्चामा विडारीको नाम कानूनमन्त्रीमा छ भने उपाध्याय र बानियाँको खुलेको छैन । माओवादी केन्द्रनिकट एक नेताका अनुसार खिमलाल देवकोटा नयाँ शक्तिमा गएपछि विडारी जत्तिको कानूनका जानकार माओवादीमा नरहेकाले उनी मन्त्री बन्ने प्रायः निश्चित छ । विडारी अहिले प्रचण्डका विश्वासपात्र मध्येका एक भएकाले पनि उनी मन्त्री बन्ने विडारीलाई नजिकबाट चिन्ने जिल्लाका राजनीतिककर्मीहरु बताउँछन् । उपाध्याय र बानियाँमध्ये एकजना मात्रै मन्त्री हुने वा दुबै मन्त्री हुने सम्भवनाबारे समेत राजनीतिक वृत्तमा चर्चा छ ।
काँग्रेस महाधिवेशनमा केन्द्रिय सदस्यमा खुल्लातर्फ चुनावमा हारेकी डिनालाई व्यवस्थापन गर्न देउवाले मन्त्री बनाउने चर्चा एक थरीको छ भने मकवानपुरमा काँग्रेसको तर्फबाट खाता खोलेका र धेरैको भरोसा बनेको पार्टीमा रिर्पोटिङ रहेकाले बानियाँलाई मन्त्री बनाउनुपर्ने आवाज केन्द्रमा बलियो रहेको अर्का थरी बताउँछन् । तीनैजना नेता मन्त्री बन्नका लागि आफ्नो पक्षमा जिल्लातहदेखि केन्द्रिय तहसम्मका च्यानल प्रयोग गरी नेतालाई दवाव सिर्जना गरिरहेका छन् । चर्चामा रहेका तीनमध्ये कसको पक्षमा पल्ला भारी हुने हो त्यो भने केही दिनमा बाहिर आउने छ ।
२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । जेठ १ गते बिहान ११ बजे पार्टी...
२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...

















