११ साउन, हेटौँडा । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार गठनका लागि आव्हान गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार गर्न व्यस्त छन् । केन्द्रमा नामावली तयार भईरहँदा मकवानपुरमा पनि नयाँ मन्त्री बन्नेमा ३ जनाको नाम चर्चामा छ ।
जिल्लाका राजनैतिक दलका नेता, कार्यकर्ता अहिले मन्त्री बन्नेको लाईनमा नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका एकजना सांसदको नामबारे चर्चा गरिरहेका छन् । चर्चामा रहेका सांसदमा नेपाली काँग्रेसको तर्फबाट पूर्व केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्याय र जिल्ला सभापति इन्द्रबहादुर बानियाँ छन् भने माओवादी केन्द्रको तर्फबाट रामनारायण विडारी छन् । चर्चामा रहेका मध्ये बानियाँ प्रत्यक्ष निर्वाचित हुन् भने विडारी र उपाध्याय समानुपातिकतर्फका हुन् । उपाध्याय पूर्व जलस्रोत राज्यमन्त्री हुन् भने नयाँ संविधान निर्माणका क्रममा विडारी मस्यौदा समितिमा थिए ।
मन्त्री बन्ने चर्चामा विडारीको नाम कानूनमन्त्रीमा छ भने उपाध्याय र बानियाँको खुलेको छैन । माओवादी केन्द्रनिकट एक नेताका अनुसार खिमलाल देवकोटा नयाँ शक्तिमा गएपछि विडारी जत्तिको कानूनका जानकार माओवादीमा नरहेकाले उनी मन्त्री बन्ने प्रायः निश्चित छ । विडारी अहिले प्रचण्डका विश्वासपात्र मध्येका एक भएकाले पनि उनी मन्त्री बन्ने विडारीलाई नजिकबाट चिन्ने जिल्लाका राजनीतिककर्मीहरु बताउँछन् । उपाध्याय र बानियाँमध्ये एकजना मात्रै मन्त्री हुने वा दुबै मन्त्री हुने सम्भवनाबारे समेत राजनीतिक वृत्तमा चर्चा छ ।
काँग्रेस महाधिवेशनमा केन्द्रिय सदस्यमा खुल्लातर्फ चुनावमा हारेकी डिनालाई व्यवस्थापन गर्न देउवाले मन्त्री बनाउने चर्चा एक थरीको छ भने मकवानपुरमा काँग्रेसको तर्फबाट खाता खोलेका र धेरैको भरोसा बनेको पार्टीमा रिर्पोटिङ रहेकाले बानियाँलाई मन्त्री बनाउनुपर्ने आवाज केन्द्रमा बलियो रहेको अर्का थरी बताउँछन् । तीनैजना नेता मन्त्री बन्नका लागि आफ्नो पक्षमा जिल्लातहदेखि केन्द्रिय तहसम्मका च्यानल प्रयोग गरी नेतालाई दवाव सिर्जना गरिरहेका छन् । चर्चामा रहेका तीनमध्ये कसको पक्षमा पल्ला भारी हुने हो त्यो भने केही दिनमा बाहिर आउने छ ।
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...




-1792715895.jpg)










-nepal-1792111426.jpg)


