१६ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ६ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ११ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ५ सय १८ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ३० लाख ६२ हजार ५९ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६८ हजार ७ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ९ लाख २१ हजार २ सय ७ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५६ हजार २ सय ९३ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १८ लाख ७३ हजार १ सय २६ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ५६ हजार ७ सय ९६ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ । यहाँ २२ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २६ हजार ९ सय ७७ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २३ हजार ५ सय २१ पुगेको छ । यहाँ थप ३ सय ३१ जनाको मृत्यु भएको छ । स्पेनमा पनि विगत केही दिन यता मृतकको संख्या घटिरहेको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार २ सय ९४ पुगेको छ भने बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ७ हजार २ सय ७, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार ८ सय ६, जर्मनीमा ६ हजार १ सय २६, नेदरल्याण्डसमा ४ हजार ५ सय १८, ब्राजिलमा ४ हजार ५ सय ४३, टर्कीमा २ हजार ९ सय, स्विटजरल्याण्डमा १ हजार ६ सय ६५ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी दक्षिण एसियाली मुलुक भारतमा वल्डोमिटरका अनुसार अहिलेसम्म ९ सय ३९ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । यस्ते पाकिस्तानमा मृत्यु हुनेको संख्या २ सय ९२ छ भने संक्रमितको संख्या १३ हजार ९ सय १५ रहेको छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











