१० बैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको ८ वडाका स्थानीय तहको निर्वाचनका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । वडा तहबाट सर्वसम्मत क्षेत्रीय समितिमा आएका ७ वडाका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो । कांग्रेसले क्षेत्र नम्बर ३ अन्तरगतका ७ र क्षेत्र नम्बर १ को एक वडाको नामावली सार्वजनिक गरेको हो ।
कांग्रेसबाट हेटौँडा क्षेत्र नम्बर ३ अन्तरगत हेटौँडा नगरपालिका ४ मा वडापालिका अध्यक्षमा हरिप्रसाद पौडेल र सदस्यमा कमलराज मैनाली, रेशमकुमार श्रेष्ठ, रिता घिमिरे र अनिता विश्वकर्मा, हेटौँडा–५ को अध्यक्षमा राजेश बानियाँ र सदस्यहरुमा यमबहादुर श्रेष्ठ, अन्जनीकुमार पराजुली, प्रमिला खतिवडा र मनमाया विश्वकर्मा, हेटौँडा–७ को अध्यक्षमा दामोदर गौतम र सदस्यहरुमा चन्द्रप्रसाद चौलागाई, सुरज तितुङ लामा, अमृता बानियाँ खत्री र विष्णु सुनार रहेका छन् ।
हेटौँडा–८ मा अध्यक्षमा हरिप्रसाद वाग्ले र सदस्यहरुमा विरोध मुक्तान, रामनाथ वाग्ले, लक्ष्मी गौतम र शुभद्रा मगराती, हेटौँडा ९ को अध्यक्षमा विश्वराज नेपाल र सदस्यहरुमा कपिल अर्याल, माधवप्रसाद आचार्य, रविलक्ष्मी श्रेष्ठ र सुनिता परियार, हेटौँडा–१४ को अध्यक्षमा गणेशबहादुर स्यांतान र सदस्यहरुमा टिका बानियाँ, एक्काबहादुर मुक्तान, उमा गुरुङ र निरु दर्जी र हेटौँडा–१५ को अध्यक्षमा महारत्न लामा र सदस्यहरुमा बमबहादुर थिङ, आइतसिं तितुङ, देवकुमारी मिश्र बस्नेत र तुल्सी विक रहेका छन् ।
त्यस्तै क्षेत्र नम्बर १ अन्तरगत हेटौँडा–१८ को अध्यक्षमा दिलबहादुर सुवेदी र सदस्यहरुमा पुरुषोतम अधिकारी, मंगलसिं लामा, ललितादेवी बानियाँ र उर्मिला गदाल विक सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् ।
थाहा नगरपालिकामा कांग्रेसका ७ वडामा उम्मेदवारको टुंगो लागेको छ । थाहा–२ को अध्यक्षमा नवराज लामा र सदस्यहरुमा नवराज कार्की, केशव श्रेष्ठ, सुधा कार्की र सुनिता सुनार, थाहा–४ को अध्यक्षमा हरिहर केसी र सदस्यहरुमा अस्मान बल, रामकृष्ण बल, आरती केसी र सानी सुनुवार, थाहा–५ मा भीमबहादुर लामा, रामकृष्ण पाख्रिन तामाङ, भीमबहादुर वाईवा, सुन्तली गुरुङ र राममाया विक, थाहा–९ को अध्यक्षमा सुरेश लामिछाने र सदस्यहरुमा सूर्य बलामी, सानुबाबु जिम्बा, कल्पना बल र मिना विक रहेका छन् ।
त्यस्तै, थाहा–१० को अध्यक्षमा कर्णबहादुर गोपाली र सदस्यहरुमा रामकृष्ण कमाल, दीपक गोपाली, उष गमाल र पानमाया विक, हेटौँडा–११ को अध्यक्षमा सुमन गोले र सदस्यहरुमा सुकमान थोकर, चन्द्रकुमार भोम्जन, शुक्रिममाया स्यांतान र गिता विक र हेटौंडा–१२ को अध्यक्षमा मणिराज गुरुङ, बलराम बल, रामकृष्ण स्यांतान, रमा गुरुङ र सुनिता दर्जीको नाम सर्वसम्म सिफारिस भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

