भीमसेन महत, मकवानपुरमा राजनीतिक क्षेत्रमा नभई सामाजिक क्षेत्रमा पनि सक्रिय युवा नेता हुन् । भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता, लागुऔषध दुव्र्यसन विरुद्ध अभियान संचालन गरिरहेका महत स्थानीय तहको निर्वाचनमा माले मकवानपुरको तर्फबाट हेटौँडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिंदै छन् । माले मकवानपुरले गरेका काम, मेयर भएपछि गर्ने कार्य र चुनावी अभियानको सेरोफेरोमा रहेर प्रष्टखबरकर्मी गोविन्द न्यौपानेले गरेको कुराकानी ।
मालेका तर्फबाट यहाँ हेटौँडा उपमहानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा अघि बढ्नु भएको छ । सम्भावना के देख्नुहुन्छ ?
अन्य राजनैतिक दलका नेताहरु हामी निश्चित विजयी हुन्छौं, प्रतिष्पर्धी नै छैन जस्तो अभिव्यक्ति दिईरहनु भएको छ । तर म यसरी मतदान अघि नै जनताको मतलाई अपमान गर्न चाहन्न, म अहिल्यै ग्यारेन्टी गर्न सक्दिन । विगतमा हामी जनताको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलायौं । नगरपालिकाले संकलन गर्ने सवारी करमा हुने भ्रष्टाचारबारे पर्दाफास गर्यौं जसको परिणाम स्वरुप हेटौँडा नगरपालिकामा करिव १ करोड ६० लाख रुपैँया राजस्व बृद्धि भयो । भ्रष्टाचार हुन सक्ने कार्यालयमा यस विरुद्ध अभियान चलायौं, अनुगमन गरिरह्यौं । सुरुङमार्गमा भईरहेको ठगी विरुद्ध आवाज उठायौं, हामीले सचेत नगराएको भए सर्वसाधारणबाट ५० औं करोड उठाउने रहेछन् । अहिले पनि हामी लगानीकर्ताहरुलाई प्रमाण दिन भनिईरहेका छौं, जसबाट सर्वसाधारणको फसेको रकम फिर्ता गराउने प्रयास गर्नेछौं । यस्तै जनपक्षिय काम गरेका कारणले हामीले आशा गरेका छौं । ग्यारेन्टी नगरेपनि हाम्रो सम्भावना छ । जनता सचेत भईसकेका छन्, पक्कै पनि सही निर्णय गर्नेछन् ।
मालेको गतिविधि र पार्टीमा विगतको जस्तो आकर्षण देखिदैन । अहिले भोट चाही मालेलाई दिने कि भीमसेन महतलाई दिने त जनताले ?
मलाई यो स्थानसम्म ल्याउन पार्टीको महत्वपूर्ण भुमिका छ, त्यसैले मैले मालेको भीमसेन महतलाई भोट दिनुस् भन्ने हो । भीमसेन महतले गर्न सक्छ भन्ने विश्वास छ भने जनताले पक्कै पनि भोट दिन्छन् । हाम्रो मूख्य अभियान भ्रष्टाचार निर्मूल नै गर्ने हो । हेटौँडा नगरपालिकामा हाम्रो प्रतिनिधित्व भईसकेपछि यसलाई प्रभावकारी कार्यान्वयन गर्नेछौं । यसका साथै जोडिएका विकासका अवधारणा पनि छन् । हेटौँडा नगरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने हाम्रो सपना छ । भौतिक पूर्वाधारलाई मात्रै विकास भन्ने सोच छ अहिले तर त्यस्तो मात्रै पनि होइन । असल नागरिक निर्माण, बालबालिकाको अधिकार सुनिश्चित गर्नु, अपांगता भएकाहरुलाई बाँच्न सक्ने अवस्था सिर्जना गर्नु, महिला विभेदको अन्त्य गर्दै समानतातर्फ लिएर जानु पनि विकास हो । सभ्य नागरिक निर्माण गर्दै अनुशासनहिनताको अन्त्य गर्दै भौतिक विकासलाई अघि लैजाने मालेको सोच छ ।
हेटौँडा उपमहानगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भन्नु भएको छ । कस्तो अवधारणा छ ?
हेटौँडालाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन पहिलो प्राथमिकता दिनुपर्छ किनकी हेटौँडामा धेरै मठमन्दिर छन् । त्यहाँसम्म पुग्ने सडक पूर्वाधारको विकास र प्रचारप्रसारमा जोड दिनुपर्छ । जुरेथुममा ४२ फिट उचाईको कृष्ण भगवानको मूर्ति निर्माण भईरहेको छ । गुम्बा डाँडा, त्रिवेणी धाम, पुण्यक्षेत्र लगायतका क्षेत्रलाई विकास गर्ने हाम्रो सोच छ । अर्कोतर्फ वाईल्ड लाईफ टुरिजमको पनि सोच छ । सहिदस्मारक नजिक पुण्यक्षेत्र आसापासको जंगललाई बन्यजन्तु विकासको सम्भाव्य क्षेत्रको रुपमा विज्ञहरुले लिंदा रहेछन् । वनविज्ञको सल्लाह अनुसार बन्यजन्तुको संरक्षण गर्दै अवलोकन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । लालझाडीलाई नमूना गाउँको रुपमा विकास गरी पर्यटक आकर्षण गर्न सकिन्छ । स्कूलरोडलाई वाकिङ स्ट्रिट रोडको रुपमा विकास गर्ने सोच छ ।
विकासबारे अन्य सोच के छ यहाँहरुको ?
हेटौँडाका बाह्रै महिना उत्पादन हुने खेतमा भईरहेको प्लटिङ रोक्छौं । विशेषगरी डाँडाकाँडामा बस्ति विकास गर्छौ र नगरपालिकाले विजुली, सडक र खानेपानी जस्ता पूर्वाधारको व्यवस्था गछौं । नगरभित्रको उत्पादनमुलक क्षेत्रलाई विशेष योजनाका साथ काम गर्ने छौं । राप्तिखोलाको चौडाईलाई व्यवस्थित गर्न ड्याम लगाएर लेवटसम्म पु¥याउने र कटानक्षेत्रको रुपमा रहेको १० औं हजार विगाह जमिनलाई केही प्रतिशत सुकुम्बासीलाई व्यवस्थापन गर्दै बाँकी भागमा बस्ति विकास गर्ने सोच छ । त्यसको दुबै साईडमा सडक बनाउँछौं र चेकड्याम बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी बोटिङ, स्विमिङ र फिसिङ जस्ता गतिविधि गर्न सक्छौं ।
भीमसेन महत सक्रिय तर माले पार्टी निष्कृय भन्ने गुनासो छ नि ?
हामीले संगठन विस्तार र पार्टी निर्माणमा धेरै जोड दिएनौं । हाम्रो विश्वास जनताको पक्षमा निरन्तर काम गरेमा र विश्वास जितेमा मालेप्रति जनता आउँछन् भन्ने हो । हामी गलत र वेठिक आश्वासन दिएर जवरजस्ती संगठन गर्नुपर्छ भन्ने मान्यता राख्दैनौ । स्वभाविक रुपमा संगठन कमजोर छ, चुनाव पछाडि नै हेर्नुस हाम्रो पक्षमा जनता पक्क आउनेछन् । अन्य दल स्वार्थहरुको भिड हो, माले गलत र वेठिकको पक्षमा हिडेको पार्टी हो जसलाई आमजनताले पक्कै विश्वास गर्नेछन् । अन्य दलले दिएको धोका र फटाईका कारण जनता दिक्क हुन थालेका छन्, निरन्तर मालेले जनताको पक्षमा काम गर्दै जानेछ र एक समय मकवानपुर मालेमय हुनेछ ।
माले केन्द्र भन्दा भीमसेन महत बढि सक्रिय छ भन्ने पनि कुरा आउँछ नि ?
त्यस्तो होइन । मालेको केन्द्रीय नीति अनुसार नै माले मकवानपुर र भीमसेन महत अघि बढिरहेको छ । केन्द्रले देशभरलाई लक्षित गरेर नीति बनाउँछ छ र परिचालन योजना अघि सार्छ । त्यसलाई टेकेर माले मकवानपुरले केही थप नयाँ काम गरेको मात्रै हो । पार्टीले अघि सारेको राष्ट्रियताको मुद्धालाई माले मकवानपुरको नेतृत्वको हिसावले जिल्लाभर फैलाउँदै कसरी भारतीय विस्तारबादले नेपाललाई सखाप पर्दैछ भन्ने जनतालाई सचेत गराउँदै आएको छ । भ्रष्टाचार, विकृति, विसंगति लगायतका क्षेत्रमा निरन्तर काम गरिरहेको छ । यसैकारण पनि भीमसेन महत बढि सक्रिय देखिएको हो ।
फेरी जिल्लाकै विषयमा फर्कियौं, अन्य दल र माले मकवानपुरबीच के फरक छ ?
जिल्लाका अन्य दल र माले मकवानपुरले गर्ने गतिविधिमा धेरै नै फरक छ । माले मकवानपुरले जहिले पनि जनतालाई हरेक विषयमा सचेत गराउने काम गरेको छ । हामीले नगरपालिकाको भ्रष्टाचारबारे पर्दाफास गर्यौं, यसबारे कर बढ्न थालेको छ । मालेले सुरुङमार्गमा गलत र बेठिक भयो, ठगी गर्ने काम हुदैछ भनिरह्यो, त्यो अहिले प्रमाणित भएको छ । सडक विस्तारबारे सबै दलले जनतालाई झुक्याए, हामीले ७ बर्षदेखि निरन्तर सडक विस्तारलाई रोक्न सकिंदैन, कि कानून परिवर्तन हुनुपर्छ तर त्यो सम्भव छैन । राज्यले लगत कट्टा गरेन, नगरपालिकाले कर लिईरह्यो यसलाई आधार बनाएर मुआव्जासहित सडक विस्तारको माग गर्नुपर्छ भन्ने माले मकवानपुरमात्रै हो । कुनै दलको मन्त्रीले सडक विस्तार रोक्दिन्छु भने, सांसदहरुले बाईपास बनाईदिन्छु भने । तर मालेले निरन्तर मुआव्जासहित सडक विस्तारको काम अघि बढाउनुपर्ने आवाज उठाउँदै आएका छौं ।
चुनावी अभियान कसरी चलिरहेको छ ?
मालले हेटौँडा उपमहानगरपालिकाका लागि प्रतिवद्धता पत्र तयार गरिसकेको छ । हामीले चिसापानी, न्यूरेनी, चौघडा, चुच्चेखोला, राजदेवी, दोभानचौर, एक्लेखेत, फुर्केचौर, हटिया हुँदै पूर्व क्षेत्रतर्फबो प्रचारप्रसार अभियान सम्पन्न गरेका छौं । अन्य क्षेत्रमा पनि यसलाई निरन्तरता दिईरहेका छौं । भेटघाट, छलफल, जनमत बुझ्ने लगायतका काम भईरहेको छ । जनताले मत दिएर विजयी गराउनेमा हामी विश्वस्त छौं । तर विजय हासिल नगरेपनि निरन्तर जनताको पक्षमा काम गरिरहनेछौं । हामी यसमा दृढ छौं ।
एमालेबाट हरिबोल महतले मेयरमा उम्मेदवारी दिए भीमसेन महत व्याक हुन्छ भन्ने चर्चा छ नि ?
यो गलत कुरा हो । दाजुभाईको नाता एकतिर छ । तर हाम्रो आस्था नै फरक छ, पार्टी नै फरक छ । भीमसेन महतको काम गराई नै फरक छ । उहाँले १० बर्ष उपमेयर चलाउनु भयो, उहाँले के गर्नुभयो, केही प्रमाणित गर्ने कुरा छ ? माले र भीमसेन महतले गरेका काम त जनतामाझ अहिले पनि प्रमाणित छन् । त्यसैले जनताले त्यही काम हरेर पनि माले र भीमसेन महतलाई भोट हाल्छन् । हरिबोल महत र मलाई जोडेर उठाईएका विषय हल्लामात्रै हुन्, भ्रममा नपरे हुन्छ ।
पार्टी छोडेका पुराना नेताहरुबाट भीमसेनलाई असहयोग हुन्छ भन्ने चर्चा पनि चलिरहेको छ नि ?
यथार्थमा त्यस्तो छैन । हाम्रा पुराना नेता नवराज शर्माले भेटेरै मैले कसरी सहयोग गर्न सक्छु भन्नुस् भन्नु भएको छ । तिर्थदेवी सिल्वालले पनि पक्कै पनि मलाई सहयोग गर्नुहुन्छ । मेरो काम गराईको शैली, मैले समाजमा उठाएका मुद्धा लगायतका कारण पनि माले मकवानपुरको उम्मेदवार र मेरो व्यक्तिगत कामका कारण धेरेको साथ रहने देखिन्छ । हाम्रो पार्टी मात्रै नभई धेरै युवा साथीले मैले विगतमा संचालन गरेका अभियानका कारण सहयोगको प्रतिवद्धता दिएका छन् ।
केही ठोस योजना के छन् जसका कारण माले मकवानपुरबाट उम्मेदवारी दिईरहनु भएका भीमसेन महतलाई जनताले मतदान गर्नुपर्छ ?
मेरो पहिलो प्राथमिकता राज्यले दिईरहेको ज्येष्ठ नागरिक भत्तामा थप नगरपालिकको तर्फबाट एक हजार रुपैँया उपलव्ध गराउने, अपांगता भएकाहरुको बर्गिकृत गर्ने र अवस्था अनुसारको श्रमको ग्यारेन्टी गर्ने र असशक्तलाई बाँच्ने आधार तयार गर्ने, दुव्र्यसनका कारण ८० प्रतिशत आपराधिक घटना भईरहेको छ यसलाई न्यूनिकरण गर्न सरोकारवाला पक्षसँग समन्वय गर्ने लगायतका मेरा ठोस योजना छन् । यसका साथै मेरो प्रतिवद्धतापत्रमा उपमहानगरपालिकालाई नमून बनाउने योजना समावेश छन् । यसैले पनि जनताले मलाई मतदान गर्नेछन् भन्ने मेरो विश्वास हो ।
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

