Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौँडामा माओवादी र थाहामा कांग्रेसबाट मेयरको उम्मेदवारी फिर्ता

भीमफेदीमा पनि कांग्रेस–माओवादी तालमेल

NC-Moist-1493900076.jpg

२१ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा तालमेल गरेका दुई दलले आप्mनो उम्मेदवारी फिर्ता लिएका छन् । 
हेटौँडामा नेकपा माओवादी केन्द्र र थाहा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी फिर्ता लिएका छन् । हेटौँडामा माओवादी केन्द्रकी मेयर उम्मेदवार कुमारी मोक्तानले उम्मेदवारी फिर्ता लिएको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले बताए । कांग्रेसको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको उपमेयरका उम्मेदवार लक्ष्मी श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
त्यसैगरी, थाहा नगरपालिकामा नेपाली कांग्रेसकी मेयर उम्मेदवार पवित्रा महतले उम्मेदवारी फिर्ता लिएकी छिन् । थाहाबाटै माओवादी केन्द्रकी उम्मेदवार शकुन्तला गोपालीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । हेटौँडामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली र माओवादी केन्द्रका उपमेयर उम्मेदवार बलराम बल तालमेल गरी मैदानमा उत्रने भएका छन् । थाहा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा लवशेर विष्ट र कांग्रेसबाट उपमेयरमा खड्ग गोपाली तालमेल गरी चुनावी अभियानमा जाने भएका छन् ।
यसैगरी, भीमफेदी गाउँपालिकामा नेपाली कांग्रेसकी गाउँपालिका प्रमुखकी उम्मेदवार शान्त विकले फिर्ता लिएकी छिन् । त्यसैगरी, माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार अप्सरा लोप्चनले पनि उम्मेदवारी फिर्ता लिएको पुलामीले जानकारी दिए । भीमफेदीको प्रमुखमा केन्द्रका रन्जित राना र उपप्रमुखमा कांग्रेसका मोमलाल दोङ तालमेल गरी मैदानमा जाने भएका छन् ।
मनहरीमा कांग्रेस र माओवादी केन्द्रबीच अन्तिम समयमा आएर तालमेलको रणनीति पुरा नभएको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg