३ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख १९ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख १९ जार ९ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ४८ लाख ८७ हजार ९ सय २९ जना मानिस संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा ८८ हजार ६ सय ६३ जना मानिस नयाँ संक्रमितको रुपमा थपिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार १९ लाख ४ हजा ६ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै भाइरसको संक्रमणका कारण अहिले ४४ हजार ७ सय ६१ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २६ लाख १८ हजार ५ सय ३६ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा अहिलेसम्म ९१ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ९ सय ९९ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि संक्रमणबाट मृत्यु हुने देशमा बेलायत दोश्रो स्थानमा छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३४ हजार ७ सय ९६ पुगेको छ । बेलायतमा केही दिन यता दैनिक मृत्यु दरमा कमि आएको छ । यहाँ २४ घण्टाको अवधिमा १६० जनाको मृत्यु भएको छ ।
यसैगरी इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३२ हजार ७ पुगेको छ । पछिल्लो समय इटालीमा पनि मृत्यु दर कम भइरहेको छ । यहाँ २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २७ हजार ७ सय ९ पुगेको छ । यहाँ थप ५९ जनाको मृत्यु भएको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २८ हजार २ सय ३९ पुगेको छ । यहाँ पछिल्लो समय १ सय ३१ जनाको ज्यान गएको छ ।
पछिल्लो समय दक्षिण अमेरिकि मुलुक ब्राजिलमा कोरोनाको संक्रमण र मृत्यु दर दुबै बढेको छ । यहाँ अहिलेसम्म १६ हजार ८ सय ५३ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या २ लाख ५५ हजार ३ सय ६८ रहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा १४ हजार २ सय ८८ जना संक्रमित थपिएका छन् भने ७ सय ३५ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म रसिया बेल्जियम, जर्मनी, इरान, नेदरल्याण्डस, क्यानडा, टर्की, स्वेडेन, मेक्सिको, स्विटजरल्याण्ड जस्ता देशहरु बढी प्रभावित भएका छन् ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











