Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरमा कम्युनिष्ट किल्ला भत्काउँदै कांग्रेस

Nepali-Cong-1495795770.jpg

कृष्ण सारु मगर

१२ जेठ, हेटौँडा । कम्युनिस्ट र 'राजावादी' को प्रभाव रहेको मकवानपुरमा कांग्रेस करिब ७ दशकसम्म तेस्रो शक्तिका रूपमा सीमित रह्यो । ०१५ सालमा ५१ नम्बर क्षेत्रमा पर्ने मकवानपुरबाट विश्वबन्धु थापाले सांसद जितेपछि पुनः खाता खोल्न कांग्रेसले ५५ वर्ष कुर्नुपर्‍यो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर एक नम्बर निर्वाचन क्षेत्रबाट इन्द्र बानियाँ सांसद भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनको चार वर्षपछि ०७४ वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट कांग्रेस मकवानपुरमा दोस्रो शक्तिका रूपमा उदाएको छ । दुई गाउँपालिका अध्यक्ष, एक उपमेयरसहित एक सय दुई वडाध्यक्षमध्ये ३१ वडाध्यक्षमा कांग्रेसले जित हात पार्‍यो । हेटौंडामा मात्र १९ मध्ये पाँचवटा वडामा अध्यक्ष विजयी गराउन सफल कांग्रेस हेटौंडा उपमहानगरपालिकासहित गाउँपालिका र वडामा पनि एमालेसँग प्रतिस्पर्धी शक्तिका रूपमा उदाएको छ ।

हेटौंडा उपमहानगरको मेयरमा कांग्रेसका आनन्द पराजुली एमालेका हरिबहादुर महतसँग ७ सय १५ मतले पराजित भएका छन् । उनले २२ हजार ५ सय नौ मत प्राप्त गर्दा महतले २३ हजार १ सय २४ मत प्राप्त गरी विजयी भएका छन् । मनहरी गाउँपालिकाको अध्यक्षमा एमालेका एकराज उपे्रतीसँग कांग्रेसका शंकर न्यौपाने २ सय ९१ मतले पराजित भएका छन् ।

मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा एमालेकै विदुर हुमागाईंसँग कांग्रेसका दोर्जे लामा १ सय ६१ मतले पराजित भएका छन् । स्थानीय निर्वाचनमा भएको मतदानबाट अन्य गाउँपालिकामा पनि कांग्रेस नै दोस्रो शक्तिका रूपमा स्थापित भएको छ । ०४९ सालको स्थानीय निर्वाचनमा हेटौंडामा दुई वडा र ५ गाविस अध्यक्ष जितेको कांग्रेस ०५४ सालको स्थानीय निर्वाचनमा निल भएको थियो ।

कसरी बढ्यो कांग्रेस प्रभाव

०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट पराजित भएका कांग्रेस मकवानपुरका सभापति तथा गृहराज्यमन्त्री इन्द्र बानियाँ निराश भएनन् । निरन्तर एक नम्बर क्षेत्रमा क्रियाशील उनी ०७० को निर्वाचनमा विजयी भए । कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने भन्छन्, '५५ वर्षपछि बानियाँले एक नम्बर क्षेत्रमा पुनः खाता खोलेपछि मकवानपुरमा कांग्रेसको लहर बढेको हो ।'

स्थानीय निर्वाचनमा दुई गाउँपालिका अध्यक्ष, एक उपमेयरसहित एक सय दुई वडाध्यक्षमध्ये  ३१ वडाध्यक्ष कांग्रेसले जितेको छ ।

यसअघि पटक-पटक भएका निर्वाचनमा कम्युनिस्ट र राजावादी विजयी भए पनि बोलेका कुरा पूरा नगर्ने प्रवृत्तिले जनता दिक्क भएको उनको बुझाइ छ । 'हामीले एक नम्बर निर्वाचन क्षेत्रमा विजयी भएपछि निर्वाचन अघि गरेका प्रतिबद्धता पूरा गर्दै गयौं,' उनले भने, 'जनताले चुनाव जिताएर पठाएपछिको फरक महसुस गरी हामीलाई विश्वास गरेका हुन् ।'

कांग्रेसले ल्याएको विकासको लहर, राप्रपाको ढुलमुले नीति, एमालेको खोक्रो राष्ट्रवाद, माओवादीको पटक-पटक विभाजन र कांग्रेसभित्र क्रियाशील टिमको सहयोगका कारण मकवानपुरमा कांग्रेसको प्रभाव बढ्दै गएको सभापति बानियाँ बताउँछन् ।

कांग्रेसको लक्ष्य

प्रभाव बढ्दै गए पनि सभापति बानियाँ स्थानीय निर्वाचनको मत परिणामबाट सन्तुष्ट छैनन् । जनताले राम्रो मौका दिए पनि सदुपयोग गर्न नसक्दा धेरै ठाउँमा हार व्यहोर्नुपरेको उनको बुझाइ छ । अबका दिन संगठन सुदृढीकरणसँगै मतदाता शिक्षालाई प्रभावकारी बनाउने उनको योजना छ ।

माओवादी केन्द्रसँग गठबन्धन गरी मकवानपुरको तीन स्थानीय निकायमा अन्य पार्टीसँग प्रतिस्पर्धा गरेको कांग्रेसले सोचेजस्तो प्रतिफल पाउन सकेन । माओवादीसँग मिलेर जिल्लामा पहिलो शक्तिका रूपमा रहेको एमाले र हेटौंडामा दोस्रो शक्तिका रूपमा रहेको राप्रपालाई हराउने लक्ष्य कांग्रेसले लिएको थियो । 'माओवादीसँगको ढिलो गठबन्धनका कारण राप्रपालाई हराउन सके पनि प्राविधिक कारण एमाले पहिलो शक्तिको रूपमै रह्यो', उनले भने, 'वैशाख ३१ को स्थानीय निर्वाचनबाट हामीले धरै पाठ सिकेका छौं, अर्को निर्वाचनमा कांग्रेस मकवानपुरमा पहिलो शक्तिका रूपमा स्थापित हुनेछ ।'

साभार : अन्नपूर्ण पोष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg