Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चुरेलाई वातावरण क्षेत्र घोषणा गरेकोमा विरोध

भीमसेन पौडेल
१६ साउन, हेटौडा । सरकारले चुरे क्षेत्रलाई वातावरण संरक्षण ऐन २०५३ बमोजिम वातावरण क्षेत्र घोषणा गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विरोध गरेको जनाएको छ ।
वन ऐन २०४९ को उल्लघन हुने गरी सरकारले संचालन गरेको राष्ट्रपति चुरे मधेश तराई संरक्षण विकास समिति गठन बारेमा महासंघले शुरु देखिनै विरोध गर्दै आएको छ । स्थानीय उपभोक्ताहरुले परापूर्वकाल देखि नै संरक्षण र उपभोग गर्दै आएको वनलाई राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिले २० वर्षे गुरुयोजना बनाई स्वीकृतीको लागि वन तथा भू– संरक्षण मन्त्रालयमा पेश गरेको छ । महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानद्वारा वितरित प्रेस विज्ञप्तिमा तत्काल उक्त गुरुयोजना खारेज नगरे कडा आन्दोलनमा उत्रने जनाईएको छ । 
स्थानीय उपभोक्ताहरुले आफूहरुलाई आवश्यक पर्ने काठ, दाउरा परापूर्व काल देखिनै उपभोग गर्दै आएको र सो गुरुगोजना तयार गर्दा उपभोक्ताहरु सँग सरसल्लाह नै नगरी एकतर्फी रुपमा गरि सरकारले गैर जिम्मेवारी चरित्र देखाएको आरोप लगाईएको छ । गुरुयोजनाले चुरे क्षेत्रमा पर्ने वनबाट  २० वर्ष सम्म कुनै पनि प्रकारको वनपैदावार प्रयोग गर्नमा रोक लगाईएकाले जल, जंगल, जनावर, जडीबुटी, जराजुरी लगायतमा स्थानीय जनताहरको अधिकार माथि ठाडो हस्तक्षेप गरेको बताईएको छ । 
वनमाफियाहरुको मिलेमतोमा सरकारले २० वर्षे गुरुयोजना बनाएको  आरोप लगाउदै महासंघले सामुदायिक वन समूहहरुको अधिकारलाई गुरुयोजनाले हस्तक्षेप गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg