२९ जेठ । फ्रान्समा पहिलो चरणको संसदीय चुनावपछि मतदातामाझ गरिएको जनमत सर्वेक्षणले राष्ट्रपति एमानुएल माक्रोंको पार्टी भारी बहुमतले विजयी हुने देखाएको छ।
राष्ट्रपति माक्रोंको मध्यपन्थी पार्टी ला रिप्युब्लिक आँ मार्शले संसद्को ५५७ मध्ये दुई तिहाई जति सीट जित्ने देखिएको विविसी नेपाली सेवाको समाचारमा उल्लेख छ । सोसियालिस्ट पार्टीले ठूलो क्षति बेहोर्नु परिरहेको छ। सो पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका बेन्वा आमों र पार्टीका नेता दुवैजनाले हार बेहोरेका छन्। ९७ प्रतिशत मत गणना भइसक्दा राष्ट्रपति माक्रोंको पार्टी ला रिप्युब्लिक आँ मार्शले ३२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।
मध्य दक्षिणपन्थी रिपब्लिकन्सले १६ प्रतिशत मत हासिल गरेको छ भने यसअघिको सत्तारुढ सोसियालिस्ट पार्टीले जम्मा ७ दशमलव ३ प्रतिशत मत ल्याएको छ। चरम दक्षिणपन्थी न्याशनल फ्रन्टले १३ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको छ। प्यारिसस्थित एकजना बीबीसी संवाददाताले राष्ट्रपति माक्रोंका लागि यो असाधारण उपलब्धि भएकोमा कुनै विवाद हुन नसक्ने बताएका छन्।
तस्विर : द गार्जियन
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
-1497268787.jpg)

















