Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

दुःख दिन खोजेको भन्दै पुर्नसंरचनाको विरोध

Gyapanpatra-VDC-1470048466.jpg

हेटौँडा, १७ साउन । जनतालाई दुःख दिने गरी स्थानीय निकायको पुर्नसंरचना गरेको भन्दै मकवानपुरका दुई गाविसका स्थानीयले यसको विरोध गरेका छन् । सुकौरा र आमभञ्ज्याङ गाविसका स्थानीयले सुख दिने भन्दै ल्याएको पुर्नसंरचनाको नक्सांकन दुःख दिने खालको भन्दै विरोध गरेका हुन् ।

सुकौराका राजनैतिक दल र आमभञ्ज्याङका संचारकर्मीको नेतृत्वमा गएको टोलीले जनताको हितलाई आँखा चिम्लिएर राजनीति उद्देश्यले पुर्नसंरचना गरेको आरोप लगाए । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले साउन १३ गते जिविसमा गरेको अन्तरक्रियामा बुढिचौर, सुकौरा, आमभञ्ज्याङ, भैसे, निबुवाटार र भीमफेदी मिलाएर एउटा गाउँपालिका बनाउने र सदरमुकाम भीमफेदी राख्ने प्रस्ताव गरेपछि यसको विरोध भएको छ । बुढिचौर, सुकौरा र आमभञ्ज्याङका स्थानीयले आफुहरुलाई अपायक पर्ने भन्दै यसको त्यही दिन विरोध गरेका थिए । स्थानीयले यसको सट्टा एकै भौगोलिक क्षेत्रमा पर्ने बुढिचौर, सुकौरा, गढी र आमभञ्ज्याङलाई समेटेर गाउँपालिका बनाउनुपर्ने सुझाव दिएका छन् । सोमबार प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य सचिब किशान न्यौपानेलाई बुझाएको ज्ञापनपत्रमा पनि उनीहरुले कार्यविधिलाई देखाएर गरिएको एकपक्षिय नक्सांकनको विरोध गरेका छन् ।

ज्ञापनपत्रमा आमभञ्ज्याङको हाल रहेको गाविस कार्यालयबाट हेटौंडा आउन ८ किलोमिटरको दुरी तय गर्नुे पर्ने र भीमफेदी जान बजारबाट अर्को सवारीसाधन चढि पुनः २३ किलोमिटर यात्रा गर्नुपर्ने जनाईएको छ । त्यसैगरी, भीमफेदी जानु परे सुकौरा गाविस कार्यालयबाट हेटौंडा १७ किलोमिटर र हेटौंडाबाट २३ गरी ४० किलोमिटर यात्रा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । अपायक स्थानमा यी गाविसलाई गाभ्नुको सट्टा बुढिचौर, सुकौरा, गढी र आमभञ्ज्याङ समेटेर गाउँपालिका बनाए निकै सहज हुने उनीहरुको दावि छ । यता, प्राविधिक सहयोग समितिले गढी गाविसलाई हेटौँडा उपमहानगरमा गाभ्ने खाका बनाएको छ ।
सुझाव सकारात्मक : न्यौपाने
ज्ञापनपत्र बुझ्दै स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति मकवानपुरका सदस्य सचिब किसान न्यौपानेले सुझाव सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनले विगतमा भएको छलफलमा पनि माथि उल्लेखित गाविसका बासिन्दाले भौगोलिक रुपमा आफुहरुलाई असुविधा हुने सुझाव दिएको बताए । ज्ञापनपत्रले छलफलका लागि बल पुगेको भन्दै उनले भीमफेदीमै पनि यसबारे छलफल हुने र त्यहाँ पनि सुझाव दिन उनले आग्रह गरे । आफुहरुले सबैको सुझावका आधारमा माथिल्लो निकायमा सिफारिस गर्ने र अन्तिम निर्णयको अधिकार माथिल्लो निकायमा भएको उनले बताए । उनले स्थानीय निकायको पुर्नसंरचना गर्दा एउटा क्षेत्रलाई मात्रै नभई जिल्लालाई नै केन्द्रमा राखेर काम गर्नुपर्ने र यसका लागि स्थानीयबासीको समेत उत्तिकै भूमिका रहेको बताए ।
आमभञ्ज्याङका नेता देखिएनन्
आमभञ्ज्याङ गाविसमा घर भएका संचारकर्मीले हस्ताक्षर गरी अहिलेको खाका अस्विकार्य भनिरहँदा त्यहाँका नेता भने कार्यक्रमस्थलमा देखिएनन् । त्यहाँका दलहरुमध्ये केही यही खाकालाई अघि बढाउन दवाव दिईरहेका छन् भने केही यसलाई पुनरावलोकन गर्नुपर्नेमा छन् । तर उनीहरुले खुलेर यसको विरोध नगरेको देख्दा आफुहरुलाई आश्चर्यमा लागेको आमभञ्ज्याङका संचारकर्मीहरुको भनाई छ । जनतालाई सुख दिन राजनीति गर्छौ भन्ने दल जनताले दुःख पाउने अहिलेको पुर्नसंरचनाको खाकामा किन साथ दिईरहेका भन्ने उनीहरुको जिज्ञासा छ । आफ्नो भोटको बर्चस्व हुने देखेर केही मख्ख छन् भने केही छलफलमै रहेको स्रोतको दावि छ ।
को–को थिए ज्ञापनपत्र बुझाउने
सुकौरा गाबिसका तर्फबाट
१) गाबिस सचिब दिनेश लम्साल 
२) नेपाली काँग्रेस सुकौरा सभापति सुनराज स्याङतान्
३) नेकपा एमाले सुकौरा गाविस अध्यक्ष बीरबहादुर रुम्वा
४) नेकपा माओवादी केन्द्र सुकौरा गाविस अध्यक्ष बाबुलाल योञ्जन
५) राप्रपा नेपाल सुकौरा गाविस अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने
६) वडा नागरिक मञ्च सुकौराका संयोजक अमृत लो
७) सुकौराका समाजसेवी यादवप्रसाद अधिकारी
आमभञ्ज्याङ गाविसका संचारकर्मीहरु
१) हरि हुमागाई
२) सुजन विडारी
३) सरिता दाहाल
४) अशोकसुजन श्रेष्ठ
५) शिव वियोगी चौलागाई
६) नविन तिमल्सिना
७) सुनिल गौतम
८) सुमन दुलाल
९) अमर लामा
१०) यम कुमार वाइबा
११) सरोज तिमल्सिना
१२) चन्द्र घलान
१३) गोपिनी दाहाल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg