४ असार, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार थाहा नगरपालिका प्रमुख लवशेर विष्ट तथा उप–प्रमुख खड्गबहादुर गोपालीको सम्मान गरेको छ ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा व्यवसायिक धरातलबाट आएका नगर प्रमुख विष्टले नगरका बासिन्दाको प्रतिव्यक्ति आयलाई बढाउने र कृषि उत्पादन प्रबद्र्धनको लागि सर्वसुलभ सडक, पानीको समुचित विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । करीब २७ हजार मतदाता रहेको थाहानगर पर्यटकीय क्षेत्र रहेकोले उद्योग वाणिज्य संघ जस्ता व्यावसायिक संगठनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विष्टले उवासंघ मार्फत सामाजिक कार्य अघि बढाएकाले जनताले आफूलाई विश्वास गरी विजयी गराएको समेत धारण व्यक्त गरेका छन् ।
संघका उपाध्यक्ष समेत रहेका नगर प्रमुख विष्टले उद्योग वाणिज्य संघ राजनैतिक रुपमा एक तटस्थ संस्था रहेको र आफू राजनैतिक रुपमा व्यस्त रहनु पर्ने भएको कारण केही दिनमा नै नैतिक रुपमा आफूले उपाध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य समेत रहेका नगर उप–प्रमुख गोपालीले आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालद्वारा समापन गरिएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जीवन काजी माकजू श्रेष्ठ, थाहानगर उवासंघका अध्यक्ष कविराज खत्री, संघका सल्लाहकार, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, उपाध्यक्ष कृष्ण अग्रवाल, सचिव उज्वल चौलागाई, दिवस पराजुली, महिला समिति सभापति निलम पाण्डे, संघका कार्य समिति सदस्यहरु, कर्मचारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















