Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरे मन्त्री बनाउन दवाव तिब्र

Mantri-Banne-line-Maa-1470124956.jpg

१८ साउन, हेटौँडा । मकवानपुरे सांसदलाई मन्त्री बनाउन अहिले जिल्ला तहबाट दवाव तिब्र पारिएको छ । चर्चामा रहेकामध्ये दुईलाई मन्त्री बनाउन जिल्ला तहबाट पार्टीको केन्द्रिय तहमा दवाव तिब्र पारिएको हो । 
मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ र सांसद रामनारायण विडारीलाई मन्त्री बनाउन जिल्ला तहका नेताहरुले केन्द्रमा लविङ गरिरहेका छन् । मकवानपुरे काँग्रेस टोलीले महालक्ष्मी डिना उपाध्यायलाई केन्द्रिय सदस्य र बानियाँलाई मन्त्री बनाउनुपर्ने माग सभापति शेरबहादुर देउवालाई राखेका थिए । मन्त्री बन्ने चर्चामा रहेकी सांसद उपाध्यायलाई सभापति शेरबहादुर देउवाले दुई दिन अघि केन्द्रिय सदस्य मनोनित गरेर व्यवस्थापन गरेको काँग्रेस स्रोतको दावि छ । ‘डिनाजिलाई अहिले केन्द्रिय सदस्यको जिम्मेवारी दिईएको छ ।’–एक नेताले भने । समानुपातिकतर्फको सांसद र केन्द्रिय सदस्य दुबै अवसर डिनालाई पार्टीले दिएकाले मन्त्री हुने संभावना कम रहेको उनको भनाई छ ।
काँग्रेसको तर्फबाट बानियाँलाई मन्त्री बनाउन काँग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, ४ जना क्षेत्रीय सभापति, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, संविधानसभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सदस्य जयराम लामिछानेसहितको टोलीले दुबै पक्षिय नेताहरुलाई भेटघाट गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवा र  बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरे काँग्रेसको सान बढाएको र लाल किल्लाको रुपमा चिनिने मकवानपुरमा खाता खोलेको भन्दै बानियाँलाई मन्त्री बनाउन आग्रह गरेका थिए । ‘बानियाँलाई मन्त्री बनाउन दुबै नेता सकारात्मक छन्, कुन मन्त्री भन्ने टुंगो लागेको छैन ।’–टोलीमा सहभागी एक नेताले भने । बानियाँलाई मन्त्री बनाउनुपर्छ भन्नेमा जिल्ला तह मात्रै नभई यसअघि मन्त्री भईसकेका केन्द्रिय नेताहरु समेत लागि परेकाले उहाँको सम्भावना राम्रो रहेको बानियाँ निकट मानिने क्षेत्रीय सभापति दामोदर खनालले बताए ।
यता, माओवादी केन्द्रका सल्लाहकार समेत रहेका सांसद रामनारायण विडारीको पक्षमा पनि जिल्ला तहबाट लविङ भईरहेको छ । उनी संविधानको विषयमा जानकार भएकाले पनि उनलाई मन्त्री बनाउनुपर्ने जिल्ला तहका नेताहरुको  दावि छ । जिल्ला तहका केही नेता उनलाई मन्त्री बनाउन काठमाण्डौं पुगेर लविङ गरिरहेका छन् भने केही जिल्लाबाटै माहोल तयार गरिरहेको एक नेताले बताए । ‘विडारी संविधानको विषयमा जानकार पनि छन् र संविधान निर्माणका क्रममा मस्यौदा समितिमा रहेर संविधान जारी गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गरेकाले पनि हामीले उहाँलाई मन्त्री बनाउन पार्टीलाई भनेका हौं ।’–उनले भने । प्रखर वक्ता समेत रहेका उनी प्रचण्डका विश्वासपात्र मध्येका एक हुन् । केन्द्रमा राम्रो प्रभाव रहेकाले पनि उनी मन्त्री हुने प्रायः निश्चित रहेको माओवादी स्रोतको दावि छ । 
माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामी छिन्तुले विडारीको पक्षमा आफुहरुले लविङ गरिरहेको बताए । ‘संविधानका जानकार भएको नाताले उहाँलाई कानूनमन्त्री बनाउन हामीले भनेका हौं ।’–पुलामीले भने । तर माओवादी केन्द्रको भागमा कुन मन्त्रालय पर्ने भन्ने निश्चित नभएकाले यसबारेमा टुंगो नलागेको उनले बताए ।
दुबै नेताको पक्षमा लविङ तिब्र भएपनि दुबै दलमा मन्त्रीहरुको आकांक्षी बढि रहेकाले निरन्तर दवावको खाँचो रहेको लविङमा जुटेका नेताहरुको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg