८ असार, हेटौँडा । सरकारले मकवानपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु गर्न लागेको छ । विमाका लागि गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विहिबार अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो ।
मकवानपुरमा असार १५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम शुरु हुँदैछ । जिल्लाका १ सय २ वडाका लागि १ सय २८ दर्ता सहयोगी भर्ना गरिएका छन् । ति कर्मचारीलाई पहिलो चरणमा असार ९ देखि ११ गतेसम्म ६६ जना र १२ देखि १४ सम्म ६२ जनालाई तालिम दिईने भएको छ । समितिका कार्यक्रम निर्देशक डा. गुणराज लोहनीका अनुसार ५ जना सदस्य रहेको परिवारले २५ सय रुपैँयामा विमा गर्न सक्ने र थप सदस्यका लागि ४ सय २५ रुपैँयाका दरले भुक्तानी गर्नुपर्ने हुन्छ । विमा गरेपछि एक बर्षमा विमा गरेका परिवारका सदस्यहरुले ५० हजार रुपैँया बराबरको उपचार सेवा प्राप्त गर्ने छन् । सिमान्तकृत र विपन्न बर्गको विमा रकम भने राज्यले नै भुक्तनी दिने तयारी गरिरहेको उनले बताए । उपचारका लागि पहिलो छनौट सरकारी स्वास्थ्य संस्था हुनुपर्ने र अन्यत्र उपचार गर्नुपर्ने ति संस्थाले रिफर गर्ने व्यवस्था मिलाएको लोहनीको भनाई छ ।
२०७२ चैतबाट कैलालीबाट शुरु भएको स्वास्थ्य विमा आछाम, बाग्लुङ, बर्दिया, कैलाली, कास्की, पाल्पा, म्याग्दी र इलाममा लागु भईसकेको छ । लागु भएका ८ जिल्लामा जेठसम्ममा ८४ हजार जनाले विमा गरेका छन् । यसबाट ४ करोड २० लाख रुपैँया जम्मान भएको छ । यो अवधिमा २५.४ प्रतिशत सदस्यले उपचार सेवा लिएका छन् र १ करोड ११ लाख ३५ हजार एक सय ५२ रुपैँया सम्बन्धित स्वास्थ्य संस्थामा दावि भुक्तानी दिएको निर्देशक लोहनीले बताए ।
यसअघि विमा कार्यक्रम लागु भएकासंगै असार १ गतेबाट जुम्ला तनहुँ, चितवन र भरतपुरमा पनि विमा कार्यक्रम विस्तार भएको छ भने असार १५ गतेबाट मकवानपुर, जाजरकोट र गोरखामा सेवा शुरु हुँदैछ । जिल्लाका सरोकारवालाहरुका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, सह क्षेत्रीय प्रशासक कुमारबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, क्षेत्रीय स्वास्थ्य निर्देशक डा. बासुदेव पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...













-1782436668.jpg)




