हेटौँडा, २० साउन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले मजदुरलाई निलम्बन गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । उद्योगमा कार्यरत ७ मजदुरलाई निलम्बन गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरले विरोध गरेको छ ।
महासंघको टोलीले घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकको ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक कुमार पौडेलले ज्ञापनपत्र बुझाउँदै श्रम कार्यालय हेटौँडामा समस्या समाधानका लागि छलफल भईरहेको अवस्थामा कर्मचारीलाई निलम्बन गरिएकाले उद्योग व्यवस्थापक र कामदार प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन र निलम्बनको निर्णय फिर्ता हुनुपर्ने माग गरे । टोलीमा नेपाल ट्रेड युनियन काँग्रेसका पौडेल, नेपाल ट्रेड युनियन महासंघका श्याम श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका गंगाप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
उद्योगले लालकृष्ण प्याकुरेल, जयराम धिताल, उद्धव पहाडी, चित्तबहादुर विक, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा र रविबाबु मल्ललाई २ दिन अघि निलम्बन गरिएको छ । मजदुरहरु र उद्योगमा रहेको श्रम सम्बन्ध समितिबीच जेठ १६ गते ३ बुँदे सहमति भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरु २६ दिनदेखि धर्नामा थिए । उद्योग र मजदुरबीच हाउजिङ लोन सुचारु गर्नुपर्ने, लोन लिएर भुक्तानी गर्ने मजदुरले अवकाशका समय उक्त रकम फिर्ता पाउनुपर्ने र हाईजिङ फण्डमा रहेको ६५ करोड रुपैंयाबाट २ लाख रुपैँया अनुदान दिने सहमति भएको मजदुर संगठनको भनाई छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















