२० साउन, हेटौँडा । मकवानपुरको छतिवन गाविसका सर्वदलिय संयन्त्रले गाविसका भुकम्प पीडितको समस्या सम्बोधन गर्न माग गरेका छन् । उनीहरुले विहिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकलाई ज्ञापनपत्र बुझाउँदै समस्या सम्बोधनको माग गरेका हुन् ।
पुर्ननिर्माणका लागि अनुदान सम्झौताको थालनीको तयारी गरिरहँदा गाउँमा विरोध हुन थालेपछि दलिय संयन्त्रसहितको टोली जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन आएका जनाईएको छ । उनीहरुले भुकम्पमा भौतिक क्षति भई राहत रकम बुझेका पनि पछिल्लो लगत संकलनका क्रममा छुटेको, ऐलानी जग्गावाल भुकम्प पीडित पुर्ननिर्माणको प्रक्रियामा समेटिन नसकेका, पछिल्लो लगत संकलनमा भौतिक क्षति नभएकाहरुको समेत नाम परेका लगायतका विषयमा प्रजिअ विकको ध्यानाकर्षण गराएका छन् । उनीहरुले छुटेका बास्तविक भुकम्प पीडितको लगत संकलन हुनुपर्ने, पूर्जाधनीले झैं ऐलानी जग्गाधनीलाई पनि पुर्ननिर्माण प्रक्रियामा समावेश गरिनुपर्ने, पछिल्लो समय लगत संकलनका क्रममा भएका त्रुटी सच्याउनुपर्ने बताए ।
प्रजिअ विकले पछिल्लो लगत संकलनका क्रममा छुटेका बास्तविक पीडितलाई गाविसमा पुनरावलोकन फारम भराउन राजनैतिक दलका प्रतिनिधि र गाविस सचिवलाई सचेत गराए । उनले ऐलानी जग्गाको हकमा भुकम्प प्रभावितहरुको जग्गा दर्ताको कार्यविधि आईसकेकाले पुर्ननिर्माण प्राधिकरणका लागि दर्ता सुचारुका लागि अवधि तोक्न आग्रह गर्ने बताए । प्रजिअ विकले पुराना बास्तविक पीडित छुटेको र नयाँ थपिएको विषयमा जिल्ला तहमा छलफल भई केन्द्रमा जानकारी गराएकाले निष्कर्ष निस्कने बताए । उनले भुकम्पका क्रममा क्षति नभए पनि ढाँटेर सरकारी रकम बुझ्नेलाई ठगी मुद्धा लाग्ने भएकाले यसबारे समेत स्थानीयस्तरमा जानकारी गराउन प्रजिअ विकले सबैलाई आग्रह गरे ।
टोलीमा पूर्व सभासद प्रेमबहादुर पुलामी, गाविस सचिव शिवराम बोहरा, नेपाली कांग्रेस छतिवनका अध्यक्ष भुमिनन्द गौतम, एमाले छतिवनका अध्यक्ष राजन दंगाल, माओवादीका भक्तबहादुर खत्री, राप्रपा नेपालका गोवद्र्धन गौतम, नेकपा माओवादीका रामहरी गौतम, विभिन्न दलका जिल्ला नेता, तामाङ उत्थान समाजका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




