Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यु–१९ क्रिकेट टोलीको अभ्यास खेलमा लगातार दोस्रो जित

Cricketee-1499304710.jpg


२२ असार,हेटौँडा । १९ वर्षमुनिको नेपाली राष्ट्रिय टोलीले विशेष प्रशिक्षण र अभ्यासका लागी भएका दुईवटा खेलमा लगातार जित निकालेको छ । प्रशिक्षणका र क्रममा का लागि भारतको नोयडामा रहेको १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा मंगलबार फ्रेन्ड्स स्पोर्टस् एकेडेमीलाई १२१ रनले हराएको नेपाली टोलीले दोस्रो खेलमा बुधबार गुरुग्राम स्पोर्टस् क्लबलाई २४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा भएको दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो । नेपालका लागी अदिल खानले ७५, सन्दीप सुनारले ५८ तथा दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाएको इनिङमा पवन सर्राफले २२ बलमा ४७ रनको विस्फोटक पारी खेले । नेपालले ४२ रन भने अतिरिक्तकारुपमा पाएको थियो । जवाफमा गुरुग्रामले २९ ओभर १ बल क्रिजमा टिकेर अलआउट हुँदै जम्मा ८९ रनमात्र बनाउन सक्यो । गुरुग्रमलाई सस्तैमा समेटने क्रममा अलराउन्डर पवनले ६ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिए भने, विक्रमकुमार भुषाल र रोहितकुमार पौडेलले २र२ विकेट लिए । नेपाली टोली दुई सातादेखि भारतमा अभ्यास खेलसँगै प्रशिक्षणरत् रहेको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार