Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

फलफूल बितरण र बृद्धबृद्धालाई खाना खुवाईयो

FalFul-Bitaran-(3)-1470407563.jpg

२१ साउन, हेटौँडा । २२ औँ विश्व आदिवासी दिवसको अबसरमा शुक्रबार हेटौँडा अस्पतालमा उपचार गराई रहेका बिरामीलाई फलफूल बितरण र बृद्धबृद्धालाई खाना खुवाईएको छ । हेटौँडा अस्पतालमा उपचार गराई रहेका ६५ जना बिरामीलाई थारु कल्याणकारिणी सभा मकवानपुरले फलफूल बितरण गरिएको हो । थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, जिल्ला सभापती हरिलाल चौधरी, सचिव अमिता चौधरी लगाएतले फलफूल बितरण गरेका थिए ।

त्यस्तै, दिवसकै अवसरमा हेटौँडा–२ स्थित ओम बृद्धाश्रममा रहेका २१ बृद्धबृद्धालाई नेपाल मगर संघ मकवानपुरले खाना खुवाएको छ । संघले एकपटक खाना खुवाउन नगद तीन हजार रुपैँया बृद्धाश्रमका अध्यक्ष बुद्धीप्रसाद पौडेललाई हस्तान्तरण गरेको हो । कार्यक्रम विश्व आदिवासी दिवस आयोजक मूल समारोह समिति मकवानपुरका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल मगर संघका जिल्ला उपाध्यक्ष शंकर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जानकी चौधरी, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष लिलाकुमार घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला सचिव अशोकसुजन श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो ।

दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत (शनिबार) भोली स्थानीय तहको पुनः संरचना सवाल बिषयक अन्तरक्रिया र बृक्षारोपण कार्यक्रम गरिने बताईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिपुर अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
Screenshot_20240521_13345-1716277981.jpg

८ जेठ, काठमाडौं।  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...

मकवानपुर बहुमुखी क्याम्पस अगाडि पुरुष मृत भेटिए
For-representation-only-1716277568.jpg

८ जेठ, हेटौंडा।  हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...

खाग खरिदबिक्रीमा संलग्न ६ जना पक्राउ
Arrested-1716272680.jpg

८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो
Gold1-1716270676.jpg

८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...

राष्ट्रियसभाको बैठक दिउँसो बस्ने
1704418546_national-sava-1716253937.jpg

८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...

प्रतिनिधिसभाको बैठक बस्दै
1641373260_1615078427_san-1716253235.jpg

८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716252760.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
Screenshot_20240520_21044-1716219041.jpg

७ जेठ, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।...

पत्रकार महासंघ मकवानपुर अध्यक्ष गौतम चपसको रजत जयन्ती विशेषबाट सम्मानित
FB_IMG_1716218668221-1716218874.jpg

७ जेठ,काठमाडौं ।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष एंव चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका ...

थप समाचार