Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

आयोजनाले मनायो ४९ औँ बार्षिक उत्सव  

20136402_1353434888075151-1500212334.jpg

तस्विरः प्रष्टखबर

   

१ श्रावण,हेटौडा । हेटौडा दुग्ध बितरण आयोजनाले आफ्नो ४९औँ बार्षिक उत्सव  मनाएको छ । आयोजनाले बजारमा  बिक्री गर्न थालेको ४९ बर्ष गाठ पुगेको अबसरमा बार्षिक उत्सब मनाइएको हो ।  
जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतले हेटौडा दुग्ध बितरण आयोजनाले मकवानपुर लगायत आसपासको जिल्लाको गाउँ गाउँका किसानबाट दुध संकलन गरेर किसानलाई यस पेशामा आत्मनिर्भर बनाउन सफल भएको र ब्याबसायीक गाई र भैसी पालनमा प्रोत्साहान गरेकोमा आयोजनालाई धन्यवाद दिएका थिए ।  हेटौडा दुग्ध बितरण आयोजनाका प्रमुख संजिब राज प्रधानको अध्यक्षतामा सम्पन्न भएको बार्षिक उत्सब कार्यक्रममा उद्योग संघ मकवानपुरका महाँसचिब स्वागतराज प्याकुरेल, आधिकारिक ट्रेडयुनियन दुग्ध बितरण आयोजनाका प्रदिप अर्याल, आयोजनाका भुतपुर्ब कर्मचारी अर्जुनप्रसाद हुमागाई लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । 
त्यसैगरी आयोजनाले आफ्नो बार्षिक उत्सवको अबसरमा उत्कृष्ट दुग्ध सहकारी, चिस्यान केन्द्र, कर्मचारी, किसान र उत्कृष्ट डिलरलाई  समेत सम्मान गरेको छ । आयोजनाले उत्कृष्ट दुग्ध सहकारीको रुपमा रौतहटको जयचौतारी दुग्ध उत्पादक सहकारी संस्था लिमीटेडउत्कृष्ट सहकारी चिस्यान केन्द्रमा रौतहटकै  साना किशान दुग्ध उत्पादक सहकारी संस्थालाई   प्रमाणपत्र सहित नगद  पाँच हजार रुपैयाँले सम्मान गरेको हो।

त्यसैगरी उत्कृष्ट डिलरका रुपमा सर्लाहीमा रहेको  आईस्कृम पार्लर ,उत्कृष्ट बुथम्यानका रुपमा  बिरगञ्जका भलुवा महर्जन र नारायण सिंह क्षेत्रिलाई कदरपत्र सहित एक एक वटा साईकल प्रदान गरी सम्मानित गरेको छ भने उत्कृष्ट ड्रिष्टीबयुटरका रुपमा बिरगञ्जकै देबेन्द्र तेल उद्योगलाई  र २५ बर्षदेखि  दुध बिक्री गर्ने १३ जना बुथम्यानहरुलाई दोसल्लाह ओडाएर कदरपत्र सहित सम्मान गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार