२२ साउन, हेटौँडा । राष्ट्रिय बिभुती शंखधर साख्वाको नाममा शंखधर साख्वा स्मृति प्रतिष्ठान नेपाल हेटौँडामा गठन गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलन गरेर जेठ १९ गते संस्था गठन गरिएको जानकारी दिईएको हो ।
प्रतिष्ठानका संयोजक ज्योतिरत्न बज्राचार्यले मानवताबादी सोच तथा परोपकारी चिन्तक र नयाँ युगका प्रवद्र्धक साख्वाको योगदानलाई नयाँ पुस्तामाझ फैलाउने काम गरिने बताए । प्रतिष्ठानका सल्लाहकार बिके महर्जनले साख्वाको शालिकसहित अनुसन्धानमूलक जानकारी राख्न प्रतिष्ठानले भुमिका खेल्नेबारे बताए ।
शंखधर साख्वाले देश र जनताको हितमा गरेको योगदानका बारेमा खोज र अनुसन्धान गरि रचनात्मक क्रियाकलापहरु गरि उनलाई देश, बिदेशमा थप परिचित गराउँने प्रतिष्ठानको उदेश्य रहेको जनाईएको छ । २३ सदस्सीय प्रतिष्ठानको तदर्थ समितिको संयोजकमा ज्योतिरत्न बज्राचार्य, उपसंयोजकमा शंकरलाल श्रेष्ठ र प्रेमलाल श्रेष्ठ, सचिबमा अनिलकृष्ण खड्गे कोषाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सहसचिबमा बिजय श्रेष्ठ, सहकोषाध्यक्षमा नियमराज बज्राचार्य रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा बद्रीबहादुर सुनार, शुभलक्ष्मी श्रेष्ठ, मंगलकृष्ण मानन्धर, बिष्णुगोपाल महर्जन, ज्ञानेन्द्र पराजुली, सुबर्णकेशर लामिछाने, निरजराज बैद्य, कबिन साँगामी, अभय श्रेष्ठ, बिजय थापा मगर, बिक्रम शाही, जंगबहादुर बस्नेत, सुरेश लामा, बिजयराज जोशी, नन्दलाल दास सिन्दुरिया, रुपकराज बज्राचार्य रहेका छन् । संस्थाको सल्लाहकारमा तुल्सी थापा, पुरनबहादुर जोशी, प्रताप बिष्ट, रामकृष्ण थापा, बिके महर्जन, अशोक शाक्य, ज्ञानकृष्ण प्रजापतिलाई राखिएको छ ।
सरकारले २०५९ कात्तिक २९ गते साख्वालाई राष्ट्रिय बिभुती घोषणा गरी उनले चलाएका नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को मान्यता प्रदान गरेको थियो । एक हजार एक सय ३३ बर्षअघि तत्कालिन नेपाः राज्यको राजधानी काठमाडौँका नागरिकलाई साख्वाले ऋणमुक्त गरिदिएका थिए । सोही अबसरमा तत्कालिन राजा राघवदेवले नेपाल सम्बत् सञ्चालन गर्न अनुमती दिएका थिए । नेपालसहित तिव्वत र भारतमा समेत प्रयोग गरिएको चन्द्रमासमा आधारित नेपाल सम्बत् राणाकालसम्म प्रचलनमा रहेको बताईन्छ ।
८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...
८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...
८ जेठ, काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...
८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...