२२ साउन, हेटौँडा । राष्ट्रिय बिभुती शंखधर साख्वाको नाममा शंखधर साख्वा स्मृति प्रतिष्ठान नेपाल हेटौँडामा गठन गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलन गरेर जेठ १९ गते संस्था गठन गरिएको जानकारी दिईएको हो ।
प्रतिष्ठानका संयोजक ज्योतिरत्न बज्राचार्यले मानवताबादी सोच तथा परोपकारी चिन्तक र नयाँ युगका प्रवद्र्धक साख्वाको योगदानलाई नयाँ पुस्तामाझ फैलाउने काम गरिने बताए । प्रतिष्ठानका सल्लाहकार बिके महर्जनले साख्वाको शालिकसहित अनुसन्धानमूलक जानकारी राख्न प्रतिष्ठानले भुमिका खेल्नेबारे बताए ।
शंखधर साख्वाले देश र जनताको हितमा गरेको योगदानका बारेमा खोज र अनुसन्धान गरि रचनात्मक क्रियाकलापहरु गरि उनलाई देश, बिदेशमा थप परिचित गराउँने प्रतिष्ठानको उदेश्य रहेको जनाईएको छ । २३ सदस्सीय प्रतिष्ठानको तदर्थ समितिको संयोजकमा ज्योतिरत्न बज्राचार्य, उपसंयोजकमा शंकरलाल श्रेष्ठ र प्रेमलाल श्रेष्ठ, सचिबमा अनिलकृष्ण खड्गे कोषाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सहसचिबमा बिजय श्रेष्ठ, सहकोषाध्यक्षमा नियमराज बज्राचार्य रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा बद्रीबहादुर सुनार, शुभलक्ष्मी श्रेष्ठ, मंगलकृष्ण मानन्धर, बिष्णुगोपाल महर्जन, ज्ञानेन्द्र पराजुली, सुबर्णकेशर लामिछाने, निरजराज बैद्य, कबिन साँगामी, अभय श्रेष्ठ, बिजय थापा मगर, बिक्रम शाही, जंगबहादुर बस्नेत, सुरेश लामा, बिजयराज जोशी, नन्दलाल दास सिन्दुरिया, रुपकराज बज्राचार्य रहेका छन् । संस्थाको सल्लाहकारमा तुल्सी थापा, पुरनबहादुर जोशी, प्रताप बिष्ट, रामकृष्ण थापा, बिके महर्जन, अशोक शाक्य, ज्ञानकृष्ण प्रजापतिलाई राखिएको छ ।
सरकारले २०५९ कात्तिक २९ गते साख्वालाई राष्ट्रिय बिभुती घोषणा गरी उनले चलाएका नेपाल सम्बत्लाई राष्ट्रिय सम्बत्को मान्यता प्रदान गरेको थियो । एक हजार एक सय ३३ बर्षअघि तत्कालिन नेपाः राज्यको राजधानी काठमाडौँका नागरिकलाई साख्वाले ऋणमुक्त गरिदिएका थिए । सोही अबसरमा तत्कालिन राजा राघवदेवले नेपाल सम्बत् सञ्चालन गर्न अनुमती दिएका थिए । नेपालसहित तिव्वत र भारतमा समेत प्रयोग गरिएको चन्द्रमासमा आधारित नेपाल सम्बत् राणाकालसम्म प्रचलनमा रहेको बताईन्छ ।
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

-1779325788.jpg)
-1779325219.jpg)









-1778287066.jpg)




