२२ साउन, हेटौँडा । विश्व आदिवासी दिवसको अबसरमा स्थानीय तहको पुर्नसंरचना बिषयक अन्तरक्रिया हेटौँडामा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर र हेटौँडाले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपाने र जिल्ला तथ्याङ्ग कार्यालय मकवानपुरका प्रमुख नवराज पौड्यालले सहजिकरण गरे । कार्यक्रममा गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको कार्यबिधीबारे जानकारी दिईएको थियो । त्यस्तै गाउँपालिका, नगरपालिकाका आधार तथा मापदण्डहरु, केन्द्र तोक्ने आधार, स्थानीय निकाय र स्थानीय सरकारमा फरक, साविकमा र अब हुने सेवा प्रवाहहरु, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्ने आधारहरु, शर्तहरु लगाएतका बिषयमा जानकारी दिईएको थियो ।
कार्यक्रम विश्व आदिवासी दिवस आयोजक मूल समारोह समिति मकवानपुरका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तीर्थबहादुर थापा मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकारद्वय अमृतकुमार लामा, मधुकर सिँह गलामी मगर, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, गढीका सन्देश तुम्सीङ्ग मगर, नेपाल तामाङ्ग घेदुङ्गका लिलाकुमार घलान, दनुवार जागरण समितिका भैरबबहादुर राई दनुवार, थारु कल्याणकारिणी सभाका चन्द्रकान्त चौधरीले जिज्ञाशा सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अतिथी र सहभागीले सोधेका प्रश्नको जवाफ सहजकर्ताद्वयले दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार नन्दरत्न स्थापित, सदस्य भैरवबहादुर कुमाल, नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघका जिल्ला अध्यक्ष रविन थापा मगर लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघ मकवानपुर, हेटौँडा, गाबिसहरुका पदाधिकारी, युवा, बिद्यार्थी, पत्रकार एवम् जातीय संस्थाहरु बोटे, तामाङ्ग, थारु, मगर, दनुवार, नेवार, राई, गुरुङ्ग, कुमाल लगाएतका प्रतिनिधी सहभागी थिए ।
८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको...
८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली...
८ जेठ, काठमाडौं। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।जिल्ला...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ...
८ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलाको १ हजार २ सय रुपैयाँले घटेको हो । मंगलबार...
८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले...
८ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा...
८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
८ जेठ, हेटौंडा। हेटौंडा २ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।हेटौंडा २ स्थित मकवानपुर क्याम्पस अगाडी एक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...