Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

उद्घाटन खेलमा हेटौंडा–७ विजयी

Football-1502883834.jpg

३२ साउन, हेटौँडा । हेटौँडा–१ चैकिटोलमा रहेको सुन्दर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबारबाट हेटौँडामा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ ।
संस्थाको नवौँ स्थापना दिवसको अवसरमा आयोजित सेभेन ए साइड फुटबलको उद्घाटन खेलमा हेटौँडा–७ को टिमले सुन्दर युवा संजाललाई ५–१ को गोल अन्तरले पराजित गरेको छ । कमानेको तर्फबाट संदिप पौडेलले ह्याट्रिक गरे भने उत्कृष्ट लामिछाने र राज लामाले १/१ गोल गरेका थिए । सुन्दर युवा संजालबाट उज्वल गौतमले १ गोल गरे । खेलको उद्घाटन डिभिजन सहकारी कार्यालय मकवानपुरका सहकारी अधिकृत तिलकराम पाख्रेलले गरेका थिए । 
सुन्दर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, हेटौँडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमल लामा, ओम वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेल, चौकिटोल युवा संजालका अध्यक्ष जीवन छतकुली, चौकिटोल युवा क्लबका अध्यक्ष एशिस रिजाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार