Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रोनाल्डो बने युएफा वर्ष खेलाडी

Ronaldo-UFF-1503628388.jpg

९ भदौं, हेटौँडा । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै युएफा वर्ष खेलाडी बनेका छन् । रोनाल्डोले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधी पनि हात पारेका छन् । यो उपाधीसँगै रोनाल्डोले तीन पटक युएफा वर्ष खेलाडीको उपाधी जितेका छन् । उनका सदाबहार प्रतिद्वन्दी लियानल मेसीले भने युएफा वर्ष खेलाडीको अवार्ड दुई पटक मात्रै जितेका छन् ।
च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन् ।
रोनाल्डोको उत्कृष्ट प्रदर्शनको सहायताले नै रियल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिग जित्न सफल भयो । टुर्नामेन्टमा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता भएका थिए । उनले लालिगामा भने ४६ खेलमा ४२ गोल गरेका थिए । बुधबार मात्रै पनि इटालियन क्लब फियोरेन्तिानासँगको खेलमा रोनाल्डोले फियोरेन्तिनाका डिफेन्डरलाई चलाखीपूर्ण रुपले छक्काउँदै उत्कृष्ट गोल गरेका थिए ।
यस्तै वर्ष खेलाडीको अवार्ड नजिते पनि युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारेका छन् । यस्तै रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधी हात पारे भने रियलकै अर्का खेलाडी लुका मोद्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधी हात पारे । त्यस्तै महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् । (एजेन्सी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार