Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बंशगोपालको कारोबार २ करोड

Bansha-1504353111.jpg

१७ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले एक बर्षमा २ करोड २१ लाख रुपैँया कारोबार गरेको छ । संस्थाले आव ०७३/०७४ मा २ करोड २१ लाख रुपैँया कारोबार गरेको हो । 
संस्थाले दुग्ध विक्रिबाट एक करोड ६ लाख, स्थानीयस्तरमा दुध विक्रिबाट १९ लाख, पशुआहार विक्रिबाट २७ लाख, पशुविकास कोषबाट २ लाख ७७ हजार, पशु विमा कोषबाट २ लाख ७४ हजार, अनुदानबापत २ लाख ५० हजार, गुणस्तर प्रोत्साहन र प्रिमियम प्रोत्साहनमा ४ लाख, दाना र चोकर विक्रि ७ लाख ५० हजार, शेयर पूँजी २ लाख ३२ हजार, जगेडा तथा अन्य कोषमा १६ लाख रुपैंया आम्दानी गरेको छ ।
साधारण सभामा संस्थाले बृद्ध शेयर सदस्य कृष्णप्रसाद न्यौपाने, निर्वाचन समितिका रमेशप्रसाद लामिछाने, भीमसेन पौडेल, राजेन्द्रप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष साधुराम चौलागाईलाई सम्मान गरेको थियो । यस्तै, बढि दुध विक्रि र पशु आहार खरिद गर्ने टंककुमारी न्यौपाने, पशु आहार खरिद गर्ने हिराप्रसाद पुडासैनी, लोकनाथ ढकाल, गुणस्तरीय दुध विक्रि गर्ने, खडानन्द न्यौपाने, गोठ सफा राख्ने हेमलाल अर्याल, लक्ष्मी कार्कीलाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज पौडेलले लेखापरिक्षण प्रतिवेदन, व्यवस्थापक लक्ष्मण सापकोटाले कृषक हितकोष प्रतिवेदन, कृषक हितकोष संयोजक खडानन्द चौलागाईले पशुविमा प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौँडा दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख गणेशकुमार यादव, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, खरिपाटी डेरीका संचालक विश्वराम खड्का, पूर्वअध्यक्ष बासुदेव सापकोटा, रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, जनकल्याण सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा, शेयर सदस्य दिवाकर आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार