Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

‘सरकारी कार्यालय अपारदर्शी’

अख्तियार र प्रशासन पनि ‘कन्जुस’

RTI1-1471080819.jpg

२९ साउन, हेटौँडा । सूचनाको हक कार्यान्वयन नागरिक अभियानले मकवानपुरका सरकारी कार्यालय अपारदर्शी रहेको जनाएको छ । आफैं आवधिक रुपमा सार्वजनिक गर्नुपर्ने सूचना माग्दा समेत सरकारी कार्यालयले आनाकानी गरेकोले सरकारी कार्यालय अपारदर्शी रहेको अभियानले बताएको हो । 

सूचना उपलव्ध नगराउनुमा उनीहरुको कामकारवाहीमा केही त्रुटी रहेको समेत आशंका व्यक्त गरिएको छ । सूचनाको हक कार्यान्वयनका लागि नागरिक अभियानले मागेको सूचना जिल्लाका आधा दर्जन सरकारी कार्यालय दिन आनाकानी गरेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । दुई साता अघि अभियानले आव २०७२/०७३ मा सरकारी कार्यालयले अतिथि सत्कार शिर्षकमा गरेको खर्च, यसको विल भपाई र सोही आवमा गरेको इन्धन खर्चको विल भरपाई र लगबुकको प्रमाणित प्रतिलिपि मागेको थियो । सूचना मागेका कार्यालयले मध्ये जिल्ला वन कार्यालय मकवानपुरले मागेको ढाँचामा प्रमाणित प्रतिलिपि उपलव्ध गराएपनि अन्य कार्यालय विभिन्न जवाफ दिंदै सूचना दिन इन्कार गरेका छन् ।

अभियानका संयोजक कुमार अधिकारीका अनुसार जिविस मकवानपुरले केही सूचना दिएपनि मागेको सूचनाको प्रमाणित प्रतिलिपि दिएन । त्यसैगरी, मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले सूचना दिंदा आन्तरिक शान्ति सूरक्षामा खलल पुग्ने तर्क गर्दै महालेखा परिक्षकको कार्यालयको वेभसाईटबाट लिन आग्रहसहितको पत्र लेखेको छ । जिल्ला पशु सेवा कार्यालयले प्रमाणित प्रतिलिपि दिएपनि पूर्ण सूचना दिएन । पशु सेवा कार्यालयले भुकम्प प्रभावितका लागि वितरण गरेको बोका, राँगा दिंदा अनियमिता भएको अभियानको आरोप छ । वितरण गरिएको बोका र राँगा तोकिएको जातको नभएको, तोकेको भन्दा कम तौलका पशु वितरण गरेको र स्वास्थ्य परिक्षण नगरिएको उनीहरुको भनाई छ । पशुचौपाया वितरणमा १९ लाख १५ हजार रुपैँया खर्च भएको थियो । 
आन्तरिक राजस्व कार्यालय हेटौँडाले पनि प्रमाणित प्रतिलिपि नदिएको अभियानका सदस्य गिरिजा अधिकारीको भनाई छ । जिल्ला शिक्षा कार्यालय र हेटौंडा उपमहानगरपालिकामा पनि सूचना मागिएको र प्रक्रिया अघि बढेको कार्यालयबाट जानकारी आएको अभियानको भनाई छ ।
अख्तियार र प्रशासन पनि ‘कन्जुस’
सूचना उपलव्ध गराउन अन्य कार्यालय जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडा र जिल्ला प्रशासन कार्यालय मकवानपुर पनि ‘कन्जुस’ देखिएका छन् । दुबै कार्यालयले केही सूचना उपलव्ध गराए पनि सूचना मागेको ढाँचामा प्रमाणित प्रतिलिपि उपलव्ध नगराएको अभियानका सदस्य गिरिजा अधिकारीले बताए । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको अख्तियारले समेत सूचना दिन कन्जुस्याई गरेकोमा अभियानले आश्चर्य व्यक्त गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्लामा सूचनाको हक कार्यान्वयनका लागि गठन गरेको अनुगमन समितिको संयोजक कार्यालय हो ।

RTI2-1471080820.jpg
RTI3-1471080821.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg