Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गुणस्तरीय शिक्षामा स्थानीय तहको भूमिका महत्वपूर्ण

Edu-1504836369.jpg

२३ भदौं, हेटौँडा । शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि स्थानीय तहको महत्वपुर्ण भुमिका हुने हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । कार्यक्रममा शिक्षासंग सम्बन्धित निकाय र स्थानीय तहको समन्वयले मात्रै शिक्षा क्षेत्रको सुधार सम्भव रहेकोमा जोड दिईएको थियो ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा राष्ट्रिय साक्षरता दिबस तथा शिक्षा दिबसको अबसरमा बिद्यालय शिक्षाको ब्यवस्थापन र गुणस्तर सुधारमा स्थानिय तहको भुमिका बिषयक अन्तरकृया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । शिक्षासंग सम्बन्धित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडा, जिल्ला शिक्षा कार्यालय मकवानपुर, नेपाल शिक्षक महासंघ मकवानपुरको समन्वयमा कार्यक्रम गरिएको हो । 
शिक्षा कार्यालयका कर्मचारीहरु र बिद्यालयहरु अब स्थानिय तह मातहतमा रहेर काम गर्नका लागि सहजीकरण गर्न र सजिलो होस भन्ने उद्धेश्यले शिक्षा कार्यालयका प्रमुख तथा स्थानिय तहका जनप्रतिनिधिसहितको सहभागितामा कार्यक्रम गरिएको जनाईएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर, उपमहानगरपालिका, नगरपालिका, र नगरपालिकाका प्रमुख एवं प्रतिनिधि, शिक्षाका पेशागत संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडाका उपनिर्देशक बद्रीबहादुर पाठकले बिद्यालय तहको शिक्षाको ब्याबस्थापन र गुणस्तर सुधारमा स्थानिय तहको भुमिकाका बिषयमा प्रस्तुतीकरण गरेका थिए । यसैगरी जिल्ला शिक्षा कार्यालय मकवानपुरका जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजङ थापाले जिल्लाको शिक्षा क्षेत्रको बिषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाका अध्यक्ष गणेश प्रसाद हुमागाईको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार