तस्विरः सुनिल शिवाकोटी / प्रस्ट खबर
२४ भदौ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज शनिबार पनि ४ खेल सम्पन्न भएका छन् । आज सम्पन्न खेलमा क्रमश बुद्ध युवा क्लब हात्तिसुँडे , कमलादेवी युवा क्लब, छिमेकी स्पोर्टस् क्लब र एफसी इन्टरनेट सिटी बिजयी भएका छन ।
बिहान भएको पहिलो खेलमा बुद्ध युवा क्लब हात्तिसुँडे विजयी बनेको छ । बुद्ध युवा क्लब हात्तिसुँडेले चौघडा फुटबल टिमलाई २–० गोल अन्तरले पाखा लगाएको छ । हात्तिसुँडेका तर्फबाट विजय मोक्तान र नरेश घलानले गोल गरेका थिए ।
त्यसैगरी कमलादेवी युवा क्लब र महावीर क्लव बिच सम्पन्न दोस्रो खेलमा कमलादेवी युवा क्लब विजयी बनेको छ । कमलादेवीले महावीर क्लवलाई १–० गोलले हराएको हो । कमलादेवीको तर्फबाट एकमात्र गोल सुनिल घलानले गरेका थिए । त्यस्तै आजै सम्पन्न छिमेकी स्पोर्टस् क्लब र बुद्धसामाजिक नमूना क्लब बिचको तेस्रो खेलमा बुद्धसामाजिक नमूना क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै छिमेकी स्पोर्टस् क्लबले विजयी हुदै अंक जोडेको छ । छिमेकीलाई विजयी बनाउन प्रकाशमान राईले र रमेश राईले गोल गरेका थिए ।
त्यस्तै आज सम्पन्न एफसी इन्टरनेट सिटी र पशुपति स्पोर्टस् एकेडेमी बिचको अन्तिम खेलमा इन्टरनेट सिटी ३–१ गोलले विजयी भएको छ । निकै प्रतिस्पर्धाका विच भएको खेलमा इन्टरनेटको तर्फबाट रबि थिङ ,बिक्रम बानियाँ र मनोज घलानले क्रमश ६, ४५ र ६२ औँ मिनेटमा बललाई जाली चुमाएका थिए र पशुपतिको तर्फबाट अजय सापकोटाले खेलको ३४ औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । इन्टरनेट सिटीका डिफेन्डर बिक्रम बानियाँले पशुपतिको प्रहारलाई विफल तुल्याईदिएका थिए भने पशुपतिका गोलरक्षकले विपक्षीको प्रहारलाई रोक्न नसक्दा अंक गुमाउन बाध्य बनेको हो । जित संगै सिटीको अर्को चरणमा पुग्ने संभावना बलियो बनेको छ । ३७ टिमको सहभागिता रहेको प्रतियोगिता असोज ८ गतेसम्म चल्ने छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















