Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु, सञ्जीवनी, निर्माण उपभोक्ता, नारायणी र प्रतिफल विजयी

Futsal-1505061486.JPG

२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था, निर्माण उपभोक्ता सहकारी, नारायणी बहुउद्देश्यीय र प्रतिफल सहकारी विजयी भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सञ्जीवनीले चिसापानी बचत तथा ऋण सहकारी संस्थालाई ७–१ गोल अन्तरले पराजित गरेको छ । सञ्जीवनीका लागि सञ्जीव श्रेष्ठ एक्लैले ४ गोल गर्न सफल भए । सञ्जीवनीका लागि दीपेन्द्र चौलागाईं, असिम न्यौपाने र दीपेन्द्र ढकालले एक÷एक गोल गरे । चिसापानीका सुरज पौडेलले सान्त्वना गोल गर्न सफल भए । आइतबारको दोश्रो खेलमा निर्माण उपभोक्ताले सुन्दर सहकारीलाई ५–३ गोल अन्तरले पराजित ग¥यो । निर्माणका लागि आशिष मानन्धरले ३, मणी सिन्तानले १ र सन्तोष ढुङगेलले १ गोल गरे भने सुन्दरका लागि सविन न्यौपाने १ र रेशम बस्नेतले २ गोल गरे ।
    आइतबारको तेश्रो खेलमा नारायणी बहुउद्देश्यीयले नवयुवा बचत तथा ऋण सहकारीलाई ८–० गोलअन्तरले पराजित गरेको हो । नारायणीका लागि जितेन्द्र कर्माचार्यले ३, सेन्टो आचार्यले २ गोल गरे भने नवराज बज्राचार्य, नरेन्द्र भण्डारी र महेश अधिकारीले १÷१ गोल गरे । आइतबारको अन्तिम खेलमा आयोजक दिव्यतारा बहुउद्देश्यीय सहकारी प्रतिफल सहकारीसँग ३–१ गोल अन्तरले पराजित भएको छ  । प्रतिफलका लागि सुमन   भुजेल, आयम सुवेदी र गौरव नेपालले गोल गरेका थिए भने दिव्यताराका लागि विक्रम बानियाँले एक मात्रै गोल गरेका थिए । आइतबारको खेलमा विजयी टोली अघिल्लो चरण प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार विहान सञ्जीवनी र साइराम सहकारीबीच खेल हुने छ । सोमबार विहान नारायणी सहकारी र प्रतिफल सहकारीबीच खेल हुनेछ भने साँझ निर्माण उपभोक्ताले सञ्जीवनी र साइरामबीचको विजेतासँग खेल्ने छ ।
    यस अघि उद्घाटन समारोहमा सहकारीकर्मीहरु र निजामति कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी विजयी भएको छ । निजामति कर्मचारीले सहकारीकर्मीहरुलाई ६–४ गोलअन्तरले पराजित गरेको हो । रेडियो मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष डा. गणेशबल लामाको अध्यक्षता एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, हेटौंडा उपमहानगरपालिकाका कार्यकारि अधिकृत कृष्णप्रसाद पाण्डे, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामहरी न्यौपाने, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतको आतिथ्यता रहेको थियो । सहकारीको १९ औँ बार्षिक साधारणसभाको अवसरमा मकवानपुरमा पहिलो पटक आयोजना गर्न लागिएको अन्तर सहकारी फुटसल प्रतियोगिताको विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगदसहित ट्रफी प्राप्त गर्ने सचिव गणेश भेटवालले जानकारी दिए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार