Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कराँतेमा लेवट डोजो विजयी

2017-09-11-19-25-39-1-1505137417.png

२६ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाँउपालिकामा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सम्पन्न भएको छ ।

बकैया गाँउपालिकाका प्रमुख दामोदर खनालले प्रतियोगिताको शुभारम्भ गरेका थिए । बकैया गाँउपालिकाका स्थानीय कराँते प्रशिक्षक नेत्रवहादुर राइको प्रयासमा सितोरीयो कराते संघ बकैयाको आयोजनामा भएको हो ।

प्रतियोगितामा लेवट डोजो हेटौँडा प्रथम तथा छतिवन सितोरियो कराते डोजो द्धितिय भएका थिए ।  २० केजितर्फ लेवटका विश्वास थापामगर प्रथम तथा छतिवन डोजोका जिवन घिसिङ द्वितिय भएका थिए । त्यस्तै २५ केजितर्फ विजय घलान लेवट तथा छतिवनका मनिष फुयाँल द्वितिय भएका थिए । त्यस्तै ३० केजीमा रिकेश मोक्तान हेटौँडा रंगशाला तथा आयुश राइ हेटौँडा द्वितिय भएका थिए ।

३५ केजी समुहमा लेवटका अनुज बल तथा छतिवनका राजेश बस्नेत, ४० केजीमा लेवटका सुरेन्द्र लिम्वु तथा प्रशान्त पाठक, ४५ केजीमा अर्पण थापामगर तथा अभिषेक वल प्रथम तथा द्वितिय भएका थिए । त्यस्तै प्रतियोगिताको महिला तर्फ २५ केजीमा छतिवन डोजोकी स्नेहा पराजुली प्रथम तथा छतिवनकै दिक्षा कार्की द्वितीय भएका थिए ।

त्यसैगरी महिलाहरुको ३० केजी तर्फ छतिवनकी निशा लामा तथा लेवटकी सलिना मगर द्वितीय भएका छन् । त्यस्तै ३५ केजिमा छतिवनकी बबीता तिमल्सीना प्रथम तथा हेटौँडा डोजोकी अनिशा मगर द्वितीय, ४० केजीमा हात्तिसुडेँकी सजि घलान तथा रगंशालाकी  एलिना पाख्रिन, त्यसैगरी ५५ केजीतर्फ लेवटकी सिृष्टी घलान तथा रगंशाला डोजोकी पुजा रुम्वा प्रथम तथा  द्वितीय हुदै स्वर्ण तथा रजत पदक  हात पारेका थिए ।

बकैया गाँउपालिका सितोरियो संघका अध्यक्ष राम थिङको सभाध्यक्षतामा भएको प्रतियोगीतामा बकैया गाउँपालिका उपप्रमुख सरला बोलखे ,वडा अध्यक्ष राजन दङ्गाल, शेरमान घलान, मध्य क्षेत्रिय खेलकुद विकास समिती उपनिर्देशक सुरेन्द्र श्रेष्ठ, कराते प्रशिक्षक विष्णुभक्त लामा डेकेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती थियो ।

प्रतियोगीतामा मकवानपुर जिल्लाको विभिन्न डोजोको ८० जना खेलाडिको सहभागीता थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार