Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित २४ जना कांग्रेस प्रवेश 

242382238_308760113484707-1632229941.jpg

५ असोज, हेटौंडा । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बागमती गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदका उम्मेदवार हर्कबहादुर गोलेसहित विभिन्न पार्टी परित्याग गरी २४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
कांग्रेस बागमती गाउँपालिकाले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पार्टी सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उनीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षाका लागि कांग्रेसको भूमिका विगतदेखि नै महत्वपूर्ण रहेको बताए । उनले स्थानीय क्षेत्रबाटै कांग्रेसका कार्यकर्ता जागरुक भएर जनचेतना अभिवृद्धिको कार्यक्रम संचालन गर्नुपर्ने पनि बताए ।  अधिवेशनमा होमिएको कांग्रेसले संगठन विस्तारको अभियानलाईसमेत तीब्रताका साथ अघि बढाएको बताउँदै उनले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले मकवानपुरका सबै स्थानीय तहको नेतृत्व गर्ने जिकिर गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, प्रभातकुमार दाहाल, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु अमृता थापा मगर, सुशान्त श्रेष्ठ, इन्दिरा न्यौपाने, भीमसेन महत, भरत पराजुली, महासमिति सदस्यहरु दामोदर सुवेदी, धर्म लामिछाने, उर्मिला पुलामीे, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, महिला नेतृ अञ्जना उपाध्यायलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

पारिजात स्मृति सम्मान डा.महेश मास्केलाई
IMG_1436-1713360381.JPG

५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...

कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
dfff-1713358872.jpg

५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...

१३० किलो लागुगाँजासहित ७ जना पक्राउ
dd-1713358724.jpg

५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति
Screenshot_20240417_17383-1713354825.jpg

५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  बुधबार...

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
Nepali_Team_Cricket-17131-1713354373.jpg

५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...

थप समाचार